स्याङ्जामा थपिए ९ जना संक्रमित, संक्रमितको संख्या १०७ पुग्यो

स्याङ्जा :
स्याङ्जामा फेरी ९ जना कोरोना संक्रमित थपिएकाछन् । र्१ महिला सहित ८ पुरुष थपिएका हुन् । यो सँगै जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ ।
नयाँ थपिनेमा अर्जुनचौपारी गाँउपालिकाका ६ जना, वालिङका १ जना कालिगण्डकी गाँउपालिकाका २ जना रहेकाछन् ।
अर्जुनचौपारीका २५ बर्षकी महिला तथा३०,३०,२०,२१ र५५ बर्षका पुरुष , वालिङका २२ बर्षका पुरुष तथा कालिगण्डकीका २१ र २५ बर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो । यस अघि आज बिहान मात्रै १२ जना संक्रमित थपिएका थिए ।
स्याङ्जाका १०७ जना संक्रमित मध्ये २२ जना निको भएर घर फर्किएकाछन् । एक जना संक्रमितको भने निधन भईसकेको छ ।
स्याङ्जामा अहिले सम्म पुष्टी भएका संक्रमित मध्ये गल्याङका २ जना, चापाकोटका १ जना र अर्जुनचौपारीका १ जना बाहेक सबै भारतबाट आएका हुन् ।
गण्डकी प्रदेश : स्याङजाका ९ सहित ५३ जना संक्रमित थपिए, सङ्क्रमितको संख्या ५९३ पुग्यो
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…