स्याङ्जामा थपिए ९ जना संक्रमित, संक्रमितको संख्या १०७ पुग्यो
स्याङ्जा :
स्याङ्जामा फेरी ९ जना कोरोना संक्रमित थपिएकाछन् । र्१ महिला सहित ८ पुरुष थपिएका हुन् । यो सँगै जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ ।
नयाँ थपिनेमा अर्जुनचौपारी गाँउपालिकाका ६ जना, वालिङका १ जना कालिगण्डकी गाँउपालिकाका २ जना रहेकाछन् ।
अर्जुनचौपारीका २५ बर्षकी महिला तथा३०,३०,२०,२१ र५५ बर्षका पुरुष , वालिङका २२ बर्षका पुरुष तथा कालिगण्डकीका २१ र २५ बर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो । यस अघि आज बिहान मात्रै १२ जना संक्रमित थपिएका थिए ।
स्याङ्जाका १०७ जना संक्रमित मध्ये २२ जना निको भएर घर फर्किएकाछन् । एक जना संक्रमितको भने निधन भईसकेको छ ।
स्याङ्जामा अहिले सम्म पुष्टी भएका संक्रमित मध्ये गल्याङका २ जना, चापाकोटका १ जना र अर्जुनचौपारीका १ जना बाहेक सबै भारतबाट आएका हुन् ।
गण्डकी प्रदेश : स्याङजाका ९ सहित ५३ जना संक्रमित थपिए, सङ्क्रमितको संख्या ५९३ पुग्यो
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


