स्याङ्जाको सिडिओमा क्षेत्री
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा गंगा बहादुर क्षेत्री खटाईनु भएको छ । गृह मन्त्रालयले रिक्त रहेको स्याङ्जाको सिडिओमा क्षेत्रीलाई खटाएको हो । उहाँले बिभिन्न जिल्लामा रही सफल रुपमा प्रशासककाे निम्मेवारी निभाई सक्नु भएको छ ।
यस अघि स्याङ्जामा रहनु भएका प्रजिअ रामबहादुर कुरुम्बाङ बाँकेको प्रजिअमा सरुवा हुनु भएको हो ।
को हुन् नयाँ प्रजिअ क्षेत्री :
स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ५ सेतीदोभान स्थायी ठेगाना भई हाल पोखरामा बसोबास गर्दै आउनु भएको छ ।
क्षेत्रीले यसअघि मुस्ताङ र संखुवासभा जिल्लाको प्रमुख जिल्ला अधिकारी र काठमाडौं र कास्कीको सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गरिसक्नु भएको छ । झण्डै २० बर्ष लामो समय गृह मन्त्रालय अन्तर्गत कार्य अनुभव सम्हालि सक्नु भएका क्षेत्री स्पष्ट बक्ता र कुशल निर्णयकर्ताका रुपमा परिचित हुनुहुन्छ । गृह प्रशासन अन्तर्गत दाङमा कार्यरत रहनु भएका क्षेत्रीले बिहिबारबाट स्याङ्जाको कमाण्ड सम्हाल्नुहुने बताईएको छ ।
.
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


