बिषम परिस्थितीमा फेरिए स्याङ्जाका सिडिओ !
आँधीखोला खबर/स्याङ्जा :
लकडाउनको बेला गृह मन्त्रालयले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङलाई सरुवा गरेको छ । जिल्लामा सरुवा भई आएको ७ महिना नपुग्दै प्रजिअ कुरुम्बाङको सरुवा भएको हो । उहाँलाई मन्त्रालयले कोरोना संक्रमितको हटस्पट बनेको बाँके प्रशासनको कमाण्डका रुपमा काम गर्ने गरी खटाएको छ ।
मन्त्रालयले स्याङ्जाको प्रजिअको रुपमा कसलाई खटाउने भन्नेमा यो समाचार तयार पार्दा सम्म निर्णय नरी नसकेको बताईएको छ ।
यसअघि देशमा नै उत्कृष्ट बन्नु भएका सिडिओ कुरुम्बाङको छोटो अवधी र बर्तमान् बिषम परिस्थितमा किन सरुवा भयो भन्नेमा जिल्लामा चर्चाको बिषय बनिरहेको छ ।
श्रोतका अनुशार स्याङ्जाका प्रजिअ कुरुम्बाङले सरुवाका लागि बाँके नै माग्नु भएको थियो ।
गृहले बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानेको छ भने छिमेकी जिल्ला पर्वतमा शम्भुप्रसाद रेग्मीलाई खटाएको छ भने पर्वतकी सिडिओ कल्पना घिमिरे नेपाललाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ ।
त्यस्तै जुम्लामा मन्त्रालयका उपसचिव भूपेन्द्र थापालाई सिडिओको जिम्मेवारी दिई पठाइएको छ भने जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरेको बताइएकाे छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


