“हिजो भन्दा आज छ परिस्थिति गंभीर”

रामचन्द्र भट्टराई :
न कुनै काम छ, न त घुमघाम छ
दिन त बित्दै गयो,दिग्दारी तमाम छ
हरबस्ती गाउँ गाउँ,अनि सबै शहर
सारा विश्वमा छ कोरोनाको कहर
दिनका दिन झन थपिदैछन् संक्रमित
मानव जगतलाई नै बनायो भयभीत
यस्तै छ यतातिर, उस्तै होला उतातिर
हिजो भन्दा आज छ परिस्थिति गंभीर
.
टोल छरछिमेकमा आउ जाउ बन्द भयो
पालो पैचो अर्म पर्म सहयोग मन्द भयो
सामाजिक दुरी समाजको बढ्दै बढ्दै गयो
उद्योग धन्दा कलकारखाना सुनसान पो भयो
धनी गरीब ठुलो सानो कोहि अछुतो भएन
मै हुँ भन्ने घमण्ड कसैको अब बाकी रहेन
धैर्यतालाई साथमा राख्नु मान्नु भन्दा पीर
हिजो भन्दा आज छ परिस्थिति गंभीर
.
बिगतका कालखण्डमा कति बिघ्न अाए
गरे संघर्ष मानिसले सफलता नि पाए
जंगलबाट मानव जीवन रुपान्तरीत भयो
संस्कृति र सभ्यता पनि विकसित हुँदै गयो
जहाँ हुन्छ समस्या त्यहाँ उपाय नि रहन्छ
सहेरै चोट कालीको शिला शालिग्राम कहन्छ
परिस्थितिको सामना त गर्नैपर्छ अाखिर
हिजो भन्दा आज छ परिस्थिति गंभीर
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…