“हिजो भन्दा आज छ परिस्थिति गंभीर”

ramchandra bhatrai_sahitya

रामचन्द्र भट्टराई :

न कुनै काम छ, न त घुमघाम छ

दिन त बित्दै गयो,दिग्दारी तमाम छ

हरबस्ती गाउँ गाउँ,अनि सबै शहर

सारा विश्वमा छ कोरोनाको कहर

दिनका दिन झन थपिदैछन् संक्रमित

मानव जगतलाई नै बनायो भयभीत

यस्तै छ यतातिर, उस्तै होला उतातिर

हिजो भन्दा आज छ परिस्थिति गंभीर

.

टोल छरछिमेकमा आउ जाउ बन्द भयो

पालो पैचो अर्म पर्म सहयोग मन्द भयो

सामाजिक दुरी समाजको बढ्दै बढ्दै गयो

उद्योग धन्दा कलकारखाना सुनसान पो भयो

धनी गरीब ठुलो सानो कोहि अछुतो भएन

मै हुँ भन्ने घमण्ड कसैको अब बाकी रहेन

धैर्यतालाई साथमा राख्नु मान्नु भन्दा पीर

हिजो भन्दा आज छ परिस्थिति गंभीर

.

बिगतका कालखण्डमा कति बिघ्न अाए

गरे संघर्ष मानिसले सफलता नि पाए

जंगलबाट मानव जीवन रुपान्तरीत भयो

संस्कृति र सभ्यता पनि विकसित हुँदै गयो

जहाँ हुन्छ समस्या त्यहाँ उपाय नि रहन्छ

सहेरै चोट कालीको शिला शालिग्राम कहन्छ

परिस्थितिको सामना त गर्नैपर्छ अाखिर

हिजो भन्दा आज छ परिस्थिति गंभीर

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP