पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ
पाल्पा – पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । पाल्पामा भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा काेराेना पाेजेटिभ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवाले जनाएको छ ।
उनीहरुकाे पिसीआर परीक्षणका क्रममा पाेजेटिभ देखिएकाे हाे । उनीहरुलाइ तानसेनमा निर्माण गरिएकाे आइसाेलेशन सेन्टरमा राखिनेछ ।
कोरोना संक्रमण भएका तीनै जनालाई तानसेनस्थित आइसोलेसनमा ल्याउने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।
.
Facebook Comments Box
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


