स्याङ्जामा फेरि थपिए २ संक्रमित, अहिले सम्मका सातै जना संक्रमित भारतबाट आएका ।

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा फेरि २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । भारतबाट जेठ ११ गते आएर गल्याङको मालुङ्गा स्थित क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार उनीहरु गल्याङ नगरपालिकाका २७ र ४० बर्षका पुरुष रहेकाछन् ।
दुवैजनालाई आईसोलेसनमा राखेर उपचार गर्ने तयारी भईरहेको गण्डकीे प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माल बिज्ञप्ती निकालेर जानकारी दिनुभएको हो ।

.


को हुन् नयाँ संक्रमित कसरी आए गल्याङ सम्म :
गल्याङमा पुष्टी भएका दुवै जना संक्रमित भारतबाट आएकाहुन् । बिभिन्न साधन प्रयोग गर्दै सुनौली सम्म आएका उनीहरु सुनौलीबाट भने बसमा गल्याङ सम्म आएका हुन् ।
जिल्लाका ८ पालिकाका ५४ जना एकैपटक एकै समुहमा स्याङजामा आएको टोली मध्येका हुन् । दुवैजना संक्रमित यसअघि उनीहरु कै टोलीमा आएका वालिङका ३ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । गल्याङको ८ जनाको टोली आएको मा २ जनामा कोरोना देखिएको हो ।

उता तनहुमा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ । ऋषिङ गाउँपालिकाका २८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुगेको छ ।

Facebook Comments Box
TOP