राष्ट्रिय स्वाभिमानको मुल्य कति ?

दिनेश अर्याल :

सन् २०१९-सेप्टेम्बर-१७ मा अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७४औँ महासभालाई सम्बोधन गर्ने क्रममा वर्तमान भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले ‘ गौतम बुद्द ‘ भारतमा जन्मेका हुन भनेर घोषणा गरे। नेपालको स्वाभिमानलाई मोदिले एउटा बोलिको भरमा बेच्न लागे। 

सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिपमा पूरै टिमले तीन हजार ६१ अमेरिकन डलर लिएर मिलेमतोमा खेल हारेका थिए । उक्त पैसा दामासाहीका आधारमा खेलाडीहरूले बाँडेर लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । प्रहरीले ‘म्याच फिक्सिङ’मा फुटबलका राष्ट्रिय कप्तान सागर थापासहित पाँचजनालाई पक्राउ गरेको थियो ।खेलाडिले डलरसङ्ग स्वाभिमान साट्न लागिपरेका थिए। 

केहि दिनअगाडी सगरमाथाको तस्बिरहरु राखेर चिनको राष्ट्रीय टेलिभिजन ( चाईना ग्लोबल टेलिभिजन नेटवर्क) ले सगरमाथा चिनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचारप्रसार गर्यो। नेपालको स्वाभिमानलाई एउटा टेलिभिजनले दाउमा राख्यो। 

पुरै बिश्व कोरोना भाईरसको महामारिसङ्ग जुधिरहेको बेला भारत भने नेपाली भुमी कब्जा गर्नमै ब्यस्त रह्यो। यो समयमा लिपुलेक हुदै चिनको तिब्बतस्थित मानसरोवर र कैलाश जाने सडक मार्गको शुक्रवार भारतिय रक्षामन्त्री राजनाथ सिँहले भिडियो कन्फ्रेन्सबाटै उद्धाटन गरे। 

भारतले नेपालको स्वाभिमानसङ्ग खेलवाड गर्यो। 

केहि दिनअगाडी सिंहदरवार नजिकै चिनियाँ नागरिकहरुले नेपालको सुरक्षा निकायको जिम्मा पाएका नेपाल प्रहरी माथी हातपात गरे।डिएसपी समेत गरेर अन्य प्रहरिहरु घाईते हुन पुगे। 

बिदेशिहरु नेपालको भुमिमा नै आएर सुरक्षाकर्मिमाथी हातपात गरेर स्वाभिमानी नेपालिको धज्जी उडाउन लागी परे । 

पुर्खाहरुको गर्विलो ईतिहासलाई हौसलाको माध्यम  बनाएर एक्काईशौँ शाताब्दी पार गर्नै लागेका हामी स्वाभिमानी नेपाली, हामी निडर नेपाली, हामी साहसी नेपाली । ईतिहासको बिभिन्न कालखण्डबाट  स्वाभिमानलाई बचाउदै यहाँसम्म ल्याउन सक्ने हामी सक्षम नेपाली। 

देश नरहे हामी रहन सक्छौँ? तर आज देशै नरहने होकि भन्ने चिन्ता हुन थालिसकेको छ।  हामिले बाहिरी देशको हस्तक्षेप सहन सक्छौ? तर हस्तक्षेप सहदै बाच्न प्रयास गरिरहेका छौँ। हामी स्वाभिमानको मुल्य तोक्न सक्छौ? तर अप्रत्यासित रुपमा स्वाभिमानको मुल्य तोकिदै छ। देशको राजनितिक शक्तिलाई  दुरुपयोग गरेर देशकै ब्यक्तिद्धारा स्वाभिमान बेचिदै छ। लोकतान्त्रिक समाजवादी ब्यबस्थालाई निरन्तरता दिनको लागी स्वाभिमान चाहिन्छ भन्ने कुरा भुलिदै छ्। 

सन १९६२ को समयतिर भारत चिनसङ्ग युद्दको दौरानमा हुदा भारतले काली नदि हुदै नेपालको केहि भुभागहरु अतिक्रमण गर्न सुरु गरेको कुरा सबैलाई थाहै होला। भारतले  नेपाली भुमी अतिक्रमण गर्ने निरन्तर कार्यलाई निरन्तरता दिदै लिम्पियाधारादेखी लिपुलेकसम्म करिब ३२० बर्ग.किमि क्षेत्र कब्जा गरेर आफ्नो सेनाहरु तैनाथ गर्न सुरु गरिसकेको थियो। स्वाभिमानको मुल्य त्यतिबेलादेखी नै तोक्न सुरु भईसकेको थियो जब ईन्डियाले नेपाली भुमिमाथी यसरी बलात्कार गरिरहदा नेपालले आफ्नो भुमी फिर्ता ल्याउन केहि पहल गर्न सकेन, केवल टुलुटुलु हेरि मात्रै रह्यो। 

भारतले अघिल्लो बर्ष कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्रलाई आफ्नो क्षेत्रभित्र राखेर आफ्नो पोलिटिकल म्यापमा सार्वजनिक गरेको थियो। त्यही समयमा नेपालले त्यसप्रती आपत्ती जनाउदै भारतलाई भुमी फिर्ता गर्नुपर्ने मागसहित कुटनितिक सन्देश भने पठाएको थियो। तर केहि समयपछी त्यो घटना त्यत्तिकै सेलायो, उक्त सन्देश कार्यान्वयन हुन सकेन।कारण हो, भारतको प्रशासन संयन्त्र बलियो र दिगो हुनु अनि नेपालको कमजोर र फितलो हुनु। यसले गर्दा सिमासम्बन्धी नेपालका समस्याहरु ज्युँ का त्युँ छन र समयमा नै समाधान हुन सकेका छैनन। नेपालको सिमामा भारतको दादागिरि यथावत छ। सुत्दा नेपाली भएर सुत्छन उठ्दा भारतिय बन्छन। 

त्रीदेशिय बिन्दुमा रहेको लिपुलेक क्षेत्रबारे पटकपटक विवाद उत्पन्न के  कारणले भईराखेको छ ? यो प्रश्न आजको मितिसम्म अनुत्तरित रहेको छ। यो बिषयमा कतिपय बिज्ञहरुले सरकार भारतसङ्ग डराएको हुनाले यो बिषयमा मुद्दा उठाउन नचाहेको बताएका छन, भने कतिपयले सरकार सन्चालकले ” ब्यक्तिगत स्वार्थ” का कारण त्यो बिषयलाई वेवास्ता गरिरहेको बताउँछन् । 

देशका नेता/ जनप्रतिनिधिहरुले सिमा मिचिएको, भारतले आफ्नो देशको भुमी प्रयोग गरेर सडक उद्घाटन गरेको कुराहरु  आफुलाई थाहासम्म नभएको बताउछन। भारत वा चिनले केहि आर्थिक सहयोग गरेको बहानमा उसप्रतिको मनोबैज्ञानिक झुकावको कारण आफ्नो राष्ट्रप्रतिको भक्तिभाव शुन्यमा झार्नु स्वाभिमानको मुल्य तोक्नु हो।स्वाभिमानलाई कौडिको भाउमा बेच्नु हो । देशको छाडा राजनितितन्त्र र केहि थान प्रशासनिक ढोगतन्त्रीहरुले गर्दा स्वाभिमान खिईदै गईराखेको हो।

राष्ट्रीय अखण्डतासङ्ग प्रत्यक्ष रुपमा जोडिएको सिमा-सुरक्षाको विषयमा चासो देखाएर उपलब्धिमुलक तरिकाले कामहरु नगरिनु सरकारको एउटा गल्ती हो भने, भुमी भारतले मिच्दासमेत आफुलाई थाहा नभएको जस्तो गर्नु अर्को गम्भिर गल्ती हो।राज्यको यस्तो संयन्त्रले मुलुकलाई छिटै टुटाउन र फुटाउन सहयोग गरिराखेको हामी महसुस गर्न सक्छौ। 

पछिल्लो समय आन्तरिक कलहका कारणले गर्दा पनि राष्ट्रियता , स्वतन्त्रता , र स्वाभिमानमाथी आँच आईराखेको छ।यो  समयमा देशका सबै राष्ट्रवादी, देशभक्त र आम जनताको उच्च स्तरको सतर्कता तथा ऐक्यबद्धताद्धारा देशलाई बचाउन आत्मनिर्भर बनाउन सकियो भने हामी आफै स्वाभीमानी हुने छौँ, हाम्रो स्वाभिमान बिक्री हुने छैन, हामिले स्वाभिमानको मुल्य तोकिन दिनु हुदैन। 

देशको स्वाभिमान यसरी नै कौडिको भाउमा बेचिदै  गयो भने हामी नेपाली नेपाली रहदैनौ। यसको ठुलो घाटा हामी आफै ब्यहोर्नुपर्ने छ। देशको कुनै पनि ब्यक्ती वा कुनै पनि राजनितिक शक्तिबाट देशको स्वाभिमानमा आँच आउने काम कदापी नहोस। 

Facebook Comments Box
TOP