हेमन्तको गीतमा स्वतन्त्रताको कुरा !
काठमाडौं । आज मे–१ अर्थात् विश्व मजदुर दिवस । मजदुरको न्याय, सम्मान र स्वतन्त्रतका लागि विश्वभरका मजदुर एक हौं भन्ने उद्देश्यले यो दिवस मनाइरहँदा कति श्रमिकलाई यसबारे पत्तै हुँदैन । तर उनीहरुकै नाममा कती सेमिनार र गोष्ठी भइरहेका हुन्छन् । जसबारे दिवस मनाइन्छ अधिकांश उनीहरुलाई नै थाहा हुँदैन र जसले जसका लागि सेमिनार र गोष्ठी गर्दै हिँड्छन् उनीहरु मजदुरसम्म पुग्दैनन् भन्ने आरोप लाग्दै आएको छ । भलै न मजदुर दिवस मनाउन छोडियो, न मजदुरको न्यायका क्षेत्रमा उलेख्य काम नै भए ।
यसै सेरोफेरोमा मजदुरको गीत मजदुर दिवसको अघिल्लो दिन हिजो (बुधबार) सार्वजनिक भयो । मजदुर दिवसको सन्दर्भ पारेर गायक हेमन्त शर्माले युट्युब च्यानलमार्फत् गीत ‘स्वतन्त्र’ सार्वजनिक गरे । गीतले स्वतन्त्रतामै खुसी रहेको सन्देश दिएको छ । आम नागरिकलाई छक्का पञ्जा, दाउपेच र राजनीतिभन्दा पनि पर बसेर स्वतन्त्रपूर्वक काम गर्ने मजदुर खुसी रहेको शर्माले गीतमा उल्लेख गरे–
गिट्टी कुट्छु मकै भुट्छु जे कमाउँछु रमाउँछु
खेती गर्छु, ड्राइभरी गर्छु, राति मस्त निदाउँछु
ठूलावडा पुज्दिनँ राजनीति बुझ्दिनँ,
देश अनि जनताभन्दा कोईलाई ठूलो मान्दिनँ,
आफ्नै मर्जिको मालिक मेरो मनले भन्छ…
म स्वतन्त्र हुँ स्वतन्त्र
गीतमा हेमन्तले अन्याय, अत्याचार र थिचोमिचो सह्य नहुने उल्लेख गर्दै सहयोगी भावनाका नेपाली आवश्यकता परेको अवस्थामा प्रतिकार गर्न तयार रहेको उल्लेख गरेका छन्–
बिराउँदिनँ डराउँदिनँ थिचोमिचो सहदिनँ
आफ्नो ठाउँमा सबै ठूलो कहीँकतै झुक्दिनँ
सके सबैलाई सघाउँछु कसैलाई बिगार्दिनँ
आइलाग्नेलाई जाइलाग्न कहिल्यै पछि हििट्दनँ
गोर्खाली रगतले सधैं यही भन्छ…
म स्वतन्त्र हुँ स्वतन्त्र
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


