स्वच्छ मासु उत्पादन तथा प्रसोधनका लागी मासु व्यवसायीलाई तालिम
आँधीखोला खवर/ वालिङ,
व्यवस्थित पशु वधशाला र स्वच्छ मासु उत्पादन तथा प्रशोधन सम्बन्धी ३ दिने तालिम वालिङमा शुरु भएको छ । वालिङ नगर कार्यपालिकाको कार्यालय पशुसेवा शाखा वालिङको आयोजनामा मासु व्यवसायीहरुका लागी ३ दिने तालिमको आयोजना गरिएको हो । बढ्दो बजारीकरण संगै उपभोक्ताहरुलाई स्वच्छ मासु उत्पादन तथा प्रशोधनका लागी तालिमले टेवा पुग्ने पशु सेवा साखाले जनाएको छ ।
तालिमको उद्दघाटन गर्दै वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले सम्पुर्ण मासु व्यवसायीहरुलाई नगरपालिकामा दर्ता गरी आफ्नो व्यवसाय अगाडि बढाउन आग्रह गर्नुभयो । पशु स्वास्थ्य जाँच नियमावली अनुसारको दायरामा मासु व्यवसायीलाई व्यवस्थित गर्नुपर्नेमा उहाँको जोड थियो । मासु स्वास्थ्यका लागी खाईने भएकाले उपभोक्ताहरुको स्वास्थ्य माथि कुनै खेलवाड गर्न नहुँने उहाँको भनाई थियो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले नगरपालिकाका उपभोक्ताहरुलाई स्वच्छ मासु प्रयोग गर्नका लागी जनचेतनामुलक कार्यक्रम, विभिन्न प्राविधिक सम्बन्धी ज्ञान र न्युनतम मासु पसल सुधारका लागी अपनाउनपर्ने मापदण्ड पालना गर्नैपर्ने बताउनुभयो ।
तालिममा वालिङ बजार क्षेत्रका ४० जना मासु व्यवसायीहरुको सहभागिता रहेको छ । तालिममा पशु बधशाला, पशु स्वास्थ्य जाँच ऐन २०५५, स्वस्थकर मासु उत्पादन तथा प्रशोधन, मासुका परिकारलगायतका विषयमा पशुसेवा साखा प्रमुख तथा पशु विकास अधिकृत हुमनारायण श्रेष्ठ र क्षेत्रिय पशुसेवा तालिम केन्द्रका प्रशिक्षक डा. टेक पौडेलले सहजीकरण गर्नुहुनेछ । वालिङ मासु व्यवसायी संघका अध्यक्ष दिपक गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पुर्व अध्यक्ष खेमराज गौडेल र सञ्चालन नगरपालिकाका साखा प्रमुख पदम प्रसाद पाण्डेले गर्नुभएको थियो । वालिङमा १२० फ्रेस हाउस दर्ता गरी सञ्चालनमा रहेका छन् । यहाँ दैनिक खसी, कुखुरा, राँगा, बंगुरका ४५ सय केजी मासु खपत हुने गरेको पशु सेवा साखाको तथ्यङमा उल्लेख छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


