सिद्धार्थ क्लव भकुण्डेद्धारा खेलकुदबाट रकम बचाएर बद्धाश्रमलाई सहयोग

कला राना/ वालिङ :
सिद्धार्थ युनियन वालिङ ९ भकुण्डे ठाडो लाईले गत बैसाखमा सम्पन्न क्लब स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिता बाट बचत भएको रकमले रामनदीधाम राम्दीमा रहेको बृद्धाश्रमलाई सहयोग गरेको छ । क्लबले बृद्धाश्रमलाई घुम्ने कुर्ची, टेबल र फलफुल प्रदान गरेको हो । कार्यक्रममा वालिङ नगरउपप्रमुख कल्पना तिवारीले क्लबले सामाजिक कार्यमा देखाएको जागरुकता निकै सकरात्मक रहेको भन्दै क्लबहरु यस्तै सामाजिक कार्यमा जुटी रहन आग्रह गर्नुभयो ।

साथै उहाँले खेलाडीहरुको संरक्षण र खेल क्षेत्रको विस्तारका लागि नगरपालिकाले निकै ख्याल राखेको भन्दै ढुक्क भएर खेल जगतमा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा महिला संघ जिल्ला सदस्य सितादेवि डुम्रे, कमल गैह्रे, माया पाण्डे, करुणा काफ्ले लगायतले बोल्नुभएको थियो ।

क्लबले प्रतियोगितामा खर्च कटाएर बचत भएको रकमबाट २२ हजार बरावरको फर्निचर सामान तथा फलफुल प्रदान गरेको हो । क्लबका अध्यक्ष अनिल सिंजालिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चुत्रबहादुर महतले गर्नुभएको थियो । क्लबले फर्निचर तथा फलफुल कार्यालयका व्यवस्थापक सुनिल श्रेष्ठलाई हस्तान्तरण गरेको जनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP