भिरकोटका विद्यालयहरुलाई बालमैत्री बनाउने अभियान शुरु ।
आँधीखोला खवर/भिरकोट :
भीरकोट नगरपालिकाले बालमैत्रि स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धमा विद्यालय तथा शिक्षकहरुको भुमिका विषयक अभिमुखीकरण सम्पन्न गरेको छ । नगरपालिका भित्रका सामुदायिक तथा निजि विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुका लागी विद्यालयले बालमैत्रि नगरका लागी विद्यालयको तर्फबाट गर्ने काम कर्तव्य, अधिकार र कानुनी व्यवस्थाका बारेमा सहजीकरण गरिएको हो । कार्यक्रममा नगरप्रमख छायाराम खनालले नगरलाई बालमैत्रि घोषणा गर्ने अवस्थामा रहेको भन्दै सर्वप्रथम विद्यालय बालमैत्रि बन्नुपर्ने बताउनुभयो ।

विद्यालयका सुचकहरुलाई पालना गरी बालमैत्रि नगर घोषणालाई टेवा पु¥याउन समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बालमैत्रि विज्ञ विष्णुकुमार चर्तुवेदीले विद्यालयको काम कर्तव्य, कानुनी व्यवस्थाका बारेमा सहजकीकरण गुर्नभएको हो । बालमैत्रि नगरका लागी विद्यालयले १३ सुचकहरु पार गर्नुपर्नेछ । अभिमुखीकरणमा करिव ८५ जना अध्यक्ष तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रधानाध्यापकहरुको तर्फबाट भाग्योदय माविका प्रअ रेशमराज रेग्मीले विद्यालयको तर्फबाट पुरा गर्ने सुचक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन बालमैत्रि स्थानीय शासन नगर सम्र्पक व्यक्ति तथा सुचना अधिकृत धनप्रसाद कोईरालाले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


