घर भित्रै पसेर लैजान्छ बाँदरले मकैका झोत्ता
नारायण विश्वकर्मा /गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकाका विभिन्न स्थानमा बाँदरले घर भित्रै पसेर खाद्यान्न खाईदिए पछि स्थानीयहरु चिन्तित भएका छन ।
स्याङ्जाको गल्याङ नगरपालिका–११, भाटिका ओम थापाले आफ्नो घर भित्रै वाँदर आएर मकैका झोत्ताहरु लैदिने गरेको बताउनुभयो । “वर्षभरी दुखका साथ बाँदरबाटै जोगाएका अन्नपात घरमै आएर बाँदरले लैदिँदा मन अमिलो हुँदो रहेछ ।” थापाले भन्नुभयो,–दिँउसोमा केटाकेटी स्कुल जान्छन, हामी वुढावुढी मेलापात जान्छौँ, बाँदर झ्यालबाट र धुरीबाट छिरेर अन्नपात लैदिन्छ ।”
त्यस्तै भाटिकै सोम पल्ली र सावित्री भण्डारीको पनि व्याथा फरक छैन । पल्लीले घरमा लगाएको उँखु, फलफुल, तरकारी लगाएतका बालीमा बाँदरले आक्रमण गर्ने गरेको बताउनुभयो । आँगनमा सुकाएको, मकै, गहुँ, कोदोको विस्कुन समेत आँखा छलेर छिरलिदिन्छ पल्लीले दुखेको पोख्दै भन्नुभयो,–“के गर्ने कसो गर्ने, हामी त हैरानीमा परेका छौँ, नगरपालिकाले पनि वाँदरको आतंक नियन्त्रण गर्न केहि काम गरन ।”
उता सावित्री भण्डारीले कौसीवाट धेरै पटक वाँदर छिरेर मकै लगाएतका अन्नवाली लगिदिएको बताउनुभयो । “घरमा साना साना केटाकेटि हुँदा टेर्दैन, उनीहरुलाई तर्साएर समेत मकै चोरेर लैजान्छ ।” भण्डारीले भनिनभयो,–“कहिलेकाँही हामी भित्र हुँदा हुँदै पनि बाँदर आएर सताउने गर्छ ।”
भाटिकै पार्वती पल्ली मगरले मकै छर्ने वित्तिकै माटो खोर्सेर मकैका गेडा बाँदरले खाईदिए पछि अहिले मकै छिमलो (पातलो) उम्रिएको बताईन । “वडाले भारतबाट बाँदर छोप्ने मान्छे ल्याएको थियो, केहि बाँदर त छोपेर चितवन राष्ट्रिय निकुञ्ज तिर लगे तर अन्तका बाँदर यहाँ आएर दुःख दिने गरेको छ ।” पल्ली मगरको भनाई छ ।
उहाँले बाँदर नियन्त्रणका लागि नगरपालिकाले पनि ठोस योजना बनाउन नसकेको भन्दै यस्तै अवस्था रहदैँ गएमा आफुहरुले गरेको दुखको कुनै मुल्य नहुने बताउनुभयो ।
गल्याङ नगरपालिकाले कृषिलाई पहिलो प्राथामिकता दिएको छ तर किसानलाइ भने बाँदरबाट कसरी अन्नबाली जोगाउने भन्ने चिन्ताले छोडेको छैन ।
गल्याङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत इश्वरी प्रसाद पाण्डेले गल्याङ नगरपालिकाका एघार वटै वडाबाट बाँदर आतंकको गुनासो आउने गरेको बताउनुभयो ।
उहाँले बाँदर आतंक नियन्त्रण गर्न नगरपालिका संग कुनै ठोस योजना नभएको जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


