भिरकोटका विद्यालयहरुलाई बालमैत्री बनाउने अभियान शुरु ।

आँधीखोला खवर/भिरकोट :
भीरकोट नगरपालिकाले बालमैत्रि स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धमा विद्यालय तथा शिक्षकहरुको भुमिका विषयक अभिमुखीकरण सम्पन्न गरेको छ । नगरपालिका भित्रका सामुदायिक तथा निजि विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुका लागी विद्यालयले बालमैत्रि नगरका लागी विद्यालयको तर्फबाट गर्ने काम कर्तव्य, अधिकार र कानुनी व्यवस्थाका बारेमा सहजीकरण गरिएको हो । कार्यक्रममा नगरप्रमख छायाराम खनालले नगरलाई बालमैत्रि घोषणा गर्ने अवस्थामा रहेको भन्दै सर्वप्रथम विद्यालय बालमैत्रि बन्नुपर्ने बताउनुभयो ।

विद्यालयका सुचकहरुलाई पालना गरी बालमैत्रि नगर घोषणालाई टेवा पु¥याउन समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बालमैत्रि विज्ञ विष्णुकुमार चर्तुवेदीले विद्यालयको काम कर्तव्य, कानुनी व्यवस्थाका बारेमा सहजकीकरण गुर्नभएको हो । बालमैत्रि नगरका लागी विद्यालयले १३ सुचकहरु पार गर्नुपर्नेछ । अभिमुखीकरणमा करिव ८५ जना अध्यक्ष तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रधानाध्यापकहरुको तर्फबाट भाग्योदय माविका प्रअ रेशमराज रेग्मीले विद्यालयको तर्फबाट पुरा गर्ने सुचक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन बालमैत्रि स्थानीय शासन नगर सम्र्पक व्यक्ति तथा सुचना अधिकृत धनप्रसाद कोईरालाले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…