स्याङ्जामा जग्गा किनबेच गर्ने वहानामा ३३ लाख ठगी गर्ने थापा पक्राउ
स्याङजा,१४ वैसाख / ठगीको आरोपमा स्याङ्जाको विरुवा गाउँपालिका ४ घर भई पुतलीबजार नगरपालिका ३ बस्ने ३९ वर्षीय सुनिता थापा पक्राउ पर्नुभएको छ । ३७ वर्षीय हुमबहादुर थापा र श्रीमती सुनिता थापाले जग्गा किनबेच गर्ने भनी विभिन्न व्यक्तिहरुलाई ३३ लाख ३९ हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालयमा जाहेरी आएपछि प्रहरीले श्रीमती सुनितालाई पक्राउ गरेको हो ।
दम्पत्ती थापालाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरि पाउँ भनी विभिन्न व्यक्तिहरुले यही बैसाख १० गते प्रहरीमा जाहेरी दिएका थिए । निजहरुले दिएको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्दा सुनिता थापालई पक्राउ गरी जिल्ला अदालतमा पेश गरी ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
थापा दम्पत्तीले जग्गा किन्न खोज्नुभएको छ रे, हामीले पनि जग्गा बेच्ने खोज्दै छौँ, जग्गा म सुनिता थापाको नाउँमा यसै पुतलीबजार नगरपालिका ३ आमबोटमा छ, बाटोले छोएको, मुल्यवान घर समेत भएका जग्गाहरु अरुलाई दिनुभन्दा तपाँई लाई नै दिँउला भनी बेईमानि पुर्वक ठगी गरेको पिडितहरुको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुसार पुतलीबजार ८ की कल्पना थापाबाट ५ लाख ३६ हजार, वडा नंं. १३ की धनमाया आलेबाट २ लाख ५० हजार, वडा नं. ३ का रामबन्धु शर्माबाछ १ लाख २३ हजार, पोखरा का कमला नेपाल ढकालबाट २ लाख, पुतलीबजार ३ की यामकुमारी जिटिबाट ८० हजार, सोही स्थानकी संगिता गुरुङबाट २ लाख, श्रीकृष्ण नेपालबाट १ लाख, भोलानाथ शर्माबाट १ लाख, फेदिखोला ३ की नानु चापागाईबाट ९० हजार, पुतलीबजार ३ का सोममाया श्रेष्ठबाट ३ लाख, सोही ठाउँका रश्मी भन्ने राममाया श्रेष्ठबाट ८ लाख, भाजे कामीबाट १ लाख, तेजनाथ कुमालबाट ४५ हजार, डिलकुमारी हमालबाट १५ हजार, पुतलीबजार ९ की पार्वती गिरिबाट ४ लाख गरी ३३ लाख ३९ हजार ठगी गरेको पिडितहरुले कार्यालयमा जाहेरी दिएका हुन् ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


