व्युटिसियनहरुका लागि विशेष प्रशिक्षण
खगिन्द्र पौडेल/स्याङजा :
वालिङ तथा आसपासका क्षेत्रमा कार्यरत व्युटिसियनहरुका लागि व्राईडर मेकअप विशेष तालिम दिन शुरु गरिएको छ । व्युटिसियनहरुलाई पछिल्लो चरणको वृहत खालको मेकअपमा दक्ष वनाउने उद्देश्यले वालिङमा तालिम दिन शुरु गरिएको हो । आँधीखोला टेक्निकल एन्ड एजुकेशन कलेजको आयोजनामा एक हप्ते व्राईडर मेकअप विशेष तालिम शुरु भएको हो ।

तालिमको उद्दघाटन गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले सिपमा निखारता आए मात्रै आफ्नो पेशा तथा व्यवशायमा सफल वन्न सकिने धारणा राख्नुभयो । उहाँले रोजगार मुलक कार्यक्रम प्रति नगरपालिकाले विशेष ध्यान दिईरहेको जानकारी दिनुभयो । कार्यक्रममा भिरकोट नगरपालिकाका उपप्रमुख सिमा क्षेत्रीले तालिममा सक्रियता पुर्वक सहभागी हुन सवैलाई आग्रह गर्नुभयो । सो अवसरमा आँधीखोला टेक्निकल एन्ड एजुकेशन कलेजका अध्यक्ष गुमानसिंह राना,सञ्चालक दिपक लम्साल,प्रिन्सीपल भिमलाल भटराई लगायतले तालिम व्यवहारिक हुने वताएका थिए ।
तालिममा भोकेस्नल ट्रेनिङ च्यारिटेवल ट्रष्ट (भिटिसी) वेलायतबाट मेकअपमा तेस्रो लेभल उत्तिण गरेकी पुनम श्रेष्ठले प्रशिक्षण दिनुहुने कलललेजले जनाएको छ ।
एक हप्ता सम्म चल्ने तालिममा २२ जना व्युटिसियनहरुको सहभागिता रहेको कार्यक्रम संयोजक पुष्पा अर्यालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


