तरुणदलले वुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
भवानी अधिकारी/स्याङजा,
नेपाल तरुण दल स्याङ्जाले सरकारको ज्यादती, भ्रष्टाचार, महंगी, हिंसा, हत्या, बलात्कार लगायतका बिषयमा ध्यानाकर्षण गराउदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । आम निर्वाचनपछि गठित कम्यूनिष्ट सरकारले नागरिकको स्वतन्त्र बाच्न र पेशा ब्यवसाय गर्न पाउने संबैधानिक अधिकारको खिल्ली उडाउदै गरिएका राष्ट्रघाति र अन्यायपूर्ण ब्यावहारका बारेमा न्यायिक समाधान तत्काल खोज्न सरकारको ध्यानकर्षण गरिएको हो । नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा ७ वटा बिभिन्न बुदामा सरकारको ध्यानाकर्षण गराइएको छ ।
निर्मला पन्तको वलात्कारपछि हत्याको १० महिनापुग्दा समेत हत्यारालाई न्यायिक कठघरामा नल्याउनु, हरेक तह र निकायमा मौलाएको भ्रष्टाचारलाई गम्भीरतापूर्व नलिनु, नेपाल बायूसेवा निगम र वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारलाई ढाकछोप गरिनु, एनसेलले बुझाउनुपर्ने ७० अर्व भन्दा बढी राजश्व वर्तमान सरकारले बिभिन्न वहानामा राजश्व छल्ने प्रपञ्च बनाईनु, सरकारको अर्कमण्यताका कारण मेलम्चीको खानेपानी सम्पन्न हुन नसक्नु र देशका सार्वजनिक र सरकारी जमिनहरुको संरक्षण गर्नुको सट्टा सरकारमा रहेका नेता तथ कार्यकर्ताका नाउमा लालपूर्जा देखिदा समेत मौन बस्नु लगायतका बिषयमा ध्यानाकर्षण गराउदै तरुण दलले तत्काल न्यायका पक्षमा उभिई नागरिकको जनभावना र न्यायका पक्षमा काम गर्न तरुण दलको आग्रह छ । अन्यथा, तरुण दलले बिरोधका अन्य कार्यक्रम संचालन गर्ने चेतावनी दिएको छ ।
नेपाली कांग्रेसको मुख्यालयबाट निस्केको रयालीले नगर परिक्रमा गर्दै प्रशासन कार्यालयमा पुगेर तरुण दलका उपाध्यक्ष शिवसंसार श्रेष्ठले ज्ञापनपत्र बुझाउनुभएको थियो भने सहसचिव रविन केसीले ज्ञापनपत्र वाचन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


