व्युटिसियनहरुका लागि विशेष प्रशिक्षण

Beautician training-1

खगिन्द्र पौडेल/स्याङजा :
वालिङ तथा आसपासका क्षेत्रमा कार्यरत व्युटिसियनहरुका लागि व्राईडर मेकअप विशेष तालिम दिन शुरु गरिएको छ । व्युटिसियनहरुलाई पछिल्लो चरणको वृहत खालको मेकअपमा दक्ष वनाउने उद्देश्यले वालिङमा तालिम दिन शुरु गरिएको हो । आँधीखोला टेक्निकल एन्ड एजुकेशन कलेजको आयोजनामा एक हप्ते व्राईडर मेकअप विशेष तालिम शुरु भएको हो ।


तालिमको उद्दघाटन गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले सिपमा निखारता आए मात्रै आफ्नो पेशा तथा व्यवशायमा सफल वन्न सकिने धारणा राख्नुभयो । उहाँले रोजगार मुलक कार्यक्रम प्रति नगरपालिकाले विशेष ध्यान दिईरहेको जानकारी दिनुभयो । कार्यक्रममा भिरकोट नगरपालिकाका उपप्रमुख सिमा क्षेत्रीले तालिममा सक्रियता पुर्वक सहभागी हुन सवैलाई आग्रह गर्नुभयो । सो अवसरमा आँधीखोला टेक्निकल एन्ड एजुकेशन कलेजका अध्यक्ष गुमानसिंह राना,सञ्चालक दिपक लम्साल,प्रिन्सीपल भिमलाल भटराई लगायतले तालिम व्यवहारिक हुने वताएका थिए ।
तालिममा भोकेस्नल ट्रेनिङ च्यारिटेवल ट्रष्ट (भिटिसी) वेलायतबाट मेकअपमा तेस्रो लेभल उत्तिण गरेकी पुनम श्रेष्ठले प्रशिक्षण दिनुहुने कलललेजले जनाएको छ ।
एक हप्ता सम्म चल्ने तालिममा २२ जना व्युटिसियनहरुको सहभागिता रहेको कार्यक्रम संयोजक पुष्पा अर्यालले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP