पाल्पाबाट चापाकोट लादै गरेको घरेलु मदिरा प्रहरीद्दारा नष्ट
सीता डोटेल/रामपुर :
पाल्पाको रामपुर नगरपालिकाबाट चापाकोट तर्फ लादै गरेको ६२ लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।ईलाका प्रहरी कार्यालय रत्नपुरले पाल्पाको रामपुरबाट चापाकोट ल्याउदैँ गरेको घरेलु मदिरा (रक्सी) बरामद गरी सरोकारवालाहरुको बिचमा नष्ट गरेको हो। पाल्पाको सिलुवा, गल्धा लगायतको ठाउबाट बिक्रीका लागि बोकेर लगिदै गरेको अबैध मदिरा प्रहरीले बरामद गरेको हो । घरेलु मदिराकै कारण समाजमा झैझगडा देखि लिएर विभिन्न खालका अपराध हुने गरेकोले घरेलु मदिरा उत्पादन र किनबेचलाई कडाइ गरिएको प्रहरीले जनाएको छ । ’प्रहरीले फेला पारी नियन्त्रणमा लिएको मदिरा ईलाका प्रहरी कार्यालय रत्नपुरले वडा सदस्य, जनप्रतिनिधि, समाजसेबी, बुद्विजिबीहरुको रहोबरमा नष्ट गरेको हो।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


