पाल्पाकाे ज्यामिरेमा ट्रिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु, एक गम्भीर
सीता डोटल /पाल्पा – निस्दी गाउँपालिका–७, ज्यामिरेमा चुनढुंगा बोकेको टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ चुनढुंगा लिएर ज्यामिरेको भुटुकेतर्फ गईरहेको लु २ ख ३५८७ नम्बरको नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी टिप्परका सहचालक रुपन्देही जिल्ला रियारी गाउँपालिका–४, बस्ने १८ का विवेक खत्रीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै टिप्परका चालक रिब्दीकोट गाउँपालिका–८, बस्ने ३२ वर्षका गणेश कुँवर गम्भीर घाइते हुनुभएको छ । उहाँको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
टिप्पर सडकबाट ३० मीटर तल खसेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंह रानाले जानकारी दिनुभयो । मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा शब पठाइएको छ । निस्दी क्षेत्रमा चुनढुंगा बाेक्नका लागि १० चक्के सवारी प्रयाेग हुँदै आएकाे छ ।
१० चक्के, जाेखिमयुक्त सडक र बढी भारले पटक-पटक दुर्घटना
चुनढुंगा बाेक्ने स्थानमा जाने बाटाे अत्यन्त भिरालाे हुँदा यहाँ पटक-पटक दुर्घटना हुने गरेकाे छ । जिल्लाका अन्य स्थानमा भन्दा निस्दीकाे ज्यामिरेमा संचालित खानीबाट ढुंगा बाेक्ने सवारी साधन अत्याधिक दुर्घटना हुने गरेकाे छ । यद्यपी दुर्गम गाउँबाट चुनढुंगा बाेकिने भएकाले सडककाे गुणस्तर र सवारी साधनकाे विषयमा अनुगमन गर्ने निकायकाे पहुँच नै पुग्दैन ।
यतिमात्र हाेइन चुनढुंगा बाेक्ने जिल्लाभरका ट्रिपरले मापदण्ड भन्दा बढी भार बाेक्दै आएका छन् । पाल्पाका चुनखानीबाट ढुंगा बाेक्दै आएका ट्रिपरले १० टन भन्दा बढी ढुंगा बाेक्न नपाउने भए पनि मिलेमताेमा १८ टनसम्म चुनढंगा बाेक्दै आएका छन् ।
समाचार
थप सामाग्री-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
२ हप्ता अगाडि
वालिङ : श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि…


