डीभी भर्दै हुनुहुन्छ ? अमेरिकी दूतावासले जारी गर्यो निर्देशन…..
काठमाडौं । सन २०२१ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) भर्ने क्रम चलिरहेको बेलामा काठमाडौंस्थित अमेरिकी दूतावासले डीभी भर्दा कसरी भर्ने भन्ने बारेमा सूचना जारी गरेको छ ।
सन् २०२१ को लागि डीभी अक्टोबर २ तारेखको मध्यान्ह १२ बजेबाट आगामी नोभेम्बर ५ को मध्यान्ह १२ बजे सम्म भर्न सकिने सूचना यसअघि नै निकालिएको थियो ।
दूतावासले ट्विटरमार्फत भनेको छ, ‘‘डीभी फारम भर्दा व्यक्तिगत इमेल ठेगाना प्रदान गर्नुहोस् (कन्सल्टेन्सीको होइन) र आफ्नो कन्फर्मेशन नम्बर जतन गरेर राख्नुहोस्। आफ्नो ईमेल ठेगाना वा कन्फर्मेशन नम्बर भिसा कन्सल्टेन्सीलाई दिएर विश्वास नगर्नुहोस्। यस्तो विवरण प्रयोग गरेर तिनले पछि तपाईँलाई ठगीको प्रयास् गर्न सक्छन्।’’
भर्दा के-के चाहिन्छ ?
डीभी भर्दा तपाई अनि तपाईंको श्रीमान-श्रीमती र छोराछोरीको व्यक्तिगत विवरण, तपाई र तपाईको परिवारको हालसालै खिचिएको २ बाई २ साइजको फोटो, उच्च माध्यमिक परीक्षा उत्तीर्ण प्रमाणपत्र वा योग्य पेशामा दुई वर्षको कार्यानुभव चाहिने दूतावासले जनाएको छ ।
फर्ममा नाम, लिंग, जन्ममिति, जन्मस्थान, जन्मेको देश, अमेरिकामा जोसँग बस्ने हो उसको पूरा नाम र ठेगाना, बसोबास गरिरहेको देश, फोन नम्बर, इमेल ठेगाना, हासिल गरेको शैक्षिक योग्यता, वैवाहिक अवस्था आदि सूचना दिनुपर्नेछ ।
गलत सूचना दिएको अवस्थामा भिसा नमिल्न सक्ने जनाउँदै दूतावासले मुख्यरुपमा जन्मेको देश अनि सम्पूर्ण परिवारका सदस्यहरुको विवरण ठिक गरी आवेदनमा समाबेश गर्नुपर्ने र दिइएको सूचना दोहोर्याएर हेर्न सचेत गराएको छ ।
जन्ममिति , फोटो र परिवारको विवरण पनि ठिकसँग आवेदनमा समावेश गर्न विशेष ध्यान दिन दूतावासले आग्रह गरेको छ । कन्सल्टेन्सीको गल्तिले फोटो अर्कै आवेदकसँग साटिएमा अयोग्य हुने र फोटो राख्दा होशियार हुनुपर्ने समेत जनाएको छ ।
डीभी विजेताको घोषणा सन् २०२० को मे ५ तारेखमा गरिने समेत दूतावासले जनाएको छ । आफ्नो कन्फर्मेसन नम्बर राखेपछि मात्रै डीभीको नतिजा थाहा पाउन सकिने दूतावासले उल्लेख गरेको छ ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


