बिजया दशमी : टिकाको साईत विहन १०.३५ मा, टिका लगाउदा कता फर्कने ?
आँधीखोला खबर/स्याङ्जा :
मंगलबार यस बर्षको बिजया दशमी टिका र जमरा लगाउनुका साथै आफू भन्दा ठुलाबडासँग आशिर्बाद लिएर मनाईदै छ । टिकाको साईत बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले बिजया दशमीको दिन त्यसै पनि उत्तम रहने भन्दै साईत छुटिहाल्यो कि भनेर चिन्ता नगर्न आग्रह गर्नुभयो ।

टिका थाप्ने/लगाउने व्यक्ती पूर्ब दिशा तर्फ फर्कने र टिका लगाईदिने व्यक्ति पश्चिम दिशा तर्फ फर्कन उचित हुने ज्यातिषी जनार्दन न्यौपानेले जानकारी दिनुभयो ।
१२ गतेबाट शुरु गरिएको घटस्थापन भोलि नै बिसर्जन गरिदैछ । बिहान ८ बजेर ५५ मिनेटमा देबीको बिसर्जनको लागि उत्तम साईत रहेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर गौतमले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


