अज्ञात समूहद्वारा तीन ओटा स्काभेटरमा आगजनी ।
म्याग्दी : म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोलामा राखिएका ३ ओटा स्काभेटरमा अज्ञात समूहले बुधवार राति आगो लगाइदिएको छ। निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्टक्सनका तीनओटा जेसिभिमा अज्ञात समूहले आगो लगाइदिएको हो। बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका स्काभेटरमा बुधबार राति आगो लगाइदिएको बिएन कन्टक्सनका संचालक नारायण जिसीले जानकारी दिए।

उनले निष्पक्ष छानविनको माग समेत गरेका छन्। आगलागीबाट तीनओटै जेसिभी जलेर नष्ट भएका छन्। घटनास्थलमा प्रहरीको टोली पुगेको छ। पटकपटक अज्ञात समूहले धम्की दिने गरेको भएपनि आगलागी कसले गरेको हो भन्ने खुलेको छैन्। विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको थियो। जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


