जम्काभेटमा मात्र गर्छ बाघले आक्रमण ।

काठमाडौँ। गतवर्ष भदौताका चितवनस्थित मेघौलीको शुक्रनगरमा बाघले एक महिलालाई आक्रमण गरी मार्यो । बाघ पक्रिएर चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा राख्यो । त्यो बाघ केही महिनापछि मर्यो ।
माडीमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई उद्धार गरेर सदरचिडियाखाना ल्याइयो । सन् २००७ ताका मानिसलाई पटकपटक आक्रमण गर्ने नङ्ग्रे पोथीबाघले पश्चिम चितवनमा आतङ्क नै मच्चाएको थियो । भाले बाघले कुमरोज सामुदायिक वनमै मान्छेमाथि आक्रमण ग¥यो । तीनवटा डमरुकी माउ बाघले सन् २००४ ताका मानिसलाई आक्रमण गरेर हैरान पा¥यो । उसको एउटा डमरुलाई आक्रोशित गाउँलेले कुटेर मारे, एउटा जङ्गलमै कतै हरायो । बाँकी एउटा डमरुको नाम नारायणी राखेर सदरचिडियाखाना ल्याइएको थियो तर त्यो पनि चिडियाखानामै मरेको बाघविज्ञ डा बाबुराम लामिछाने बताउँछन् ।
उनी भन्छन्, “जङ्गलबाट भागेर सौराहा पसेको घाइते नमोबुद्ध बाघलाई बर्दिया स्थानान्तरण गरियो तर जङ्गलमा अरू बाघसँग भिड्न नसकेपछि गाउँ पस्यो । ” गाउँमा बारम्बार बाघ आउन थालेपछि त्रसित मानिसले विष खुवाएर त्यसलाई मारे । यसरी बारम्बार गाउँ पस्न थालेको बाघका विषयमा लामिछानेसहित निकुञ्जका वरिष्ठ पशुचिकित्सक कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा चिरञ्जीवी पोखरेल र विज्ञ डा नरेश सुवेदीले अध्ययन थाले ।
कुल बाघमध्ये करिब पाँच प्रतिशतमा बस्ती पस्ने, घरेलु पशुचौपाया र मानिसलाई आक्रमण गर्ने समस्या देखा परेको लामिछाने बताउँछन् ।
कतिपय अवस्थामा मानिसको अतिक्रमण वन क्षेत्रमा हुँदा र नदी आसपास जम्काभेट हुँदामात्र बाघले आक्रमण गर्ने खबर गोरखापत्र दैनिकमा छापिएको छ।
समाचार
थप सामाग्री-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
२ हप्ता अगाडि
वालिङ : श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि…


