स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।

स्याङ्जा :

राष्ट्रियस्तरको अन्तरकलेज वक्तृत्वकला प्रतियोगितामा स्याङ्जाको वालिङकी आयुष्मा काफ्लेले चौथो स्थान हासिल गर्नुभएको छ ।
‘जलवायु परिवर्तनको चपेटामा नेपाल ः बाढी संकट, जलवायु न्याकय र हाम्रो सामूहिक जिम्मेवारी’ विषयमा अनलाइन माध्यमबाट आयोजित राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा देशभरका १०५ जना प्रतिस्पर्धीलाई पछि पार्दै काफ्लेले चौथो स्थान हासिल गर्नुभएको हो ।
सेन्टरले सार्वजनिक गरेको प्रतियोगिताको नतिजाअनुसार काफ्ले उत्कृष्ट चारभित्र पर्न सफल हुनुभएको हो । प्रतियोगितामा जलवायु परिवर्तनले नेपालमा निम्त्याइरहेको जोखिम, बाढीपहिरोको बढ्दो संकट, जलवायु न्याय तथा यसप्रति नागरिकको सामूहिक जिम्मेवारीका विषय समेटिएका थिए ।
वालिङ बहुमुखी क्याम्पसमा अध्ययनरत आयुष्मा काफ्ले अकला आवाज साप्ताहिकको कार्यक्रम संयोजक समेत हुनुहुन्छ । काफ्ले एक स्वास्थ्य अभियानमा समेत सक्रियता पूर्बक लागि रहनु भएको छ ।
अध्ययनसँगै पत्रकारिता र सिर्जनात्मक गतिविधिमा सक्रिय काफ्लेले राष्ट्रियस्तरको प्रतिस्पर्धामा हासिल गर्नुभएको यस उपलब्धिले स्याङ्जाको शैक्षिक तथा पत्रकारिता क्षेत्रलाई थप उत्साहित बनाएको छ ।

Facebook Comments Box
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
२ हप्ता अगाडि

वालिङ : श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि…

TOP