युवा नेता भागवत प्रकाश मल्ल महाधिवेशन प्रतिनिधि (खुल्ला) को चुनावी मैदानमा ।
स्याङ्जा :
स्याङ्जा कांग्रेसको राजनीतिमा एउटा यस्तो नाम, जसले कार्यकर्ताको सुख–दुःखमा सधैँ दह्रो साथ दियो, संगठनको मैदानमा अहोरात्र खटिएर परिणाम निकाल्यो । पुराना निष्ठावान् नेता स्वर्गीय गजेन्द्र प्रकाश मल्लको सादगी र राजनीतिक विरासतलाई आत्मसात् गर्दै आफ्नै पसिना र संघर्षले पृथक् पहिचान बनाएका लोकप्रिय युवा नेता भागवत प्रकाश मल्लले स्याङ्जा क्षेत्र नं. २ बाट पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदमा सशक्त उम्मेदवारीको घोषणा गरेका छन् ।
तरुण दल स्याङ्जाको सफल कमान्ड सम्हाल्दै सोही ऊर्जाका साथ गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भई जनताको आवाज बनेका मल्ल युवा पंक्तिमाझ आशा र भरोसाका केन्द्र हुन् । जिल्ला सभापतिका प्रत्याशी रहिसकेका उनले आफ्नो राजनीतिक क्षमता र सांगठनिक पकड पटक–पटक प्रमाणित गरिसकेका छन्।
हालै सम्पन्न पालिका अधिवेशनहरूमा स्याङ्जा क्षेत्र नं. २ अन्तर्गतका भीरकोट, वालिङ, गल्याङ र चापाकोट कालीगण्डकी पाँच वटै पालिकामा पार्टी संगठनलाई मजबुत बनाउँदै नेतृत्व निर्माणमा खेलेको निर्णायक भूमिकाले मल्लको प्रभावशाली सांगठनिक दायरा र स्वीकार्यतालाई थप स्पष्ट पारेको छ ।
गहन राजनीतिक सुझबुझ, संगठनप्रतिको अगाध समर्पण र कार्यकर्ताप्रतिको आत्मीय भाव नै भागवत प्रकाश मल्लको वास्तविक शक्ति हो । आगामी महाधिवेशनमा स्याङ्जाका कांग्रेस कार्यकर्ताहरूको भावना, युवाहरूको उत्साह र क्षेत्र नं. २ को गरिमालाई केन्द्रीय नीति निर्माणको तहसम्म बुलन्द रूपमा पु¥याउनका लागि आफ्नोे उम्मेदवारी रहेको उहाँको भनाइ छ । यसअघि कांग्रेसको महासमिति सदस्य भइसकेका नेता मल्ल युवाहरु माझ लोकप्रिय मानिन्छन् ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


