प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ कार्यतालिका
काठमाडौँ :
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुँदै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँ त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट आज साँझ कतार एयरवेजको विमानमार्फत कतारको दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहलाई कतारको दोहास्थित हमाद अन्तरर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ ।
प्रधानमन्त्री शाह दोहाबाट स्थानीय समयअनुसार बुधबार १ः४५ बजे न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ । उहाँलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तरर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरनलगायतका अधिकारीहरूले स्वागत गर्नुहुनेछ ।
सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ । त्यहाँ उहाँलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्र सङ्घका लगि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले ब्रिफिङ गर्नुहुनेछ ।
त्यसलगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सरिक हुनुहुने कार्यक्रम छ । असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता हुनेछ । त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ ।
असोज ९ गते प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहाका लागि प्रस्थान हुनुहुनेछ । उहाँलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत अरनलगायतका अधिकारीहरूले बिदाइ गर्नुहुनेछ ।
प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कनुहुने तालिका छ ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


