स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु

death

स्याङ्जा :

स्याङ्जामा अचेत अवस्थामा फेला परेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका –९ घर भइ पुतलीबजार नगरपालिका –१३ नयाँगाउँ बस्दैआएकी ३५ वर्षीया सुशिला मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

बबिता नेपालीको गोठमा बस्दैआएकी मगर अचेत अवस्थामा भेटिएको भन्ने जानकारी आएपछि प्रहरीले दिउसो १ बजेतिर घटनास्थलमा पुगेर उपचारका लागि प्र्रदेश अस्पताल, पुतलीबजार लगेको थियो । मगरको उपचारको क्रममा सवा २ बजे मृत्यु भएको हो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानअनुसार मृतकले अत्यधिक मादक पदार्थ (रक्सी) सेवन गर्नेगरेको बुझिएको छ । उहाँको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मगर स्याङ्जामा बसेर ज्याला मजदुरीको काम गर्दै आउनुभएको प्रहरीको भनाइ छ ।

Facebook Comments Box
TOP