२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिका–१ खत्रीखोलास्थित एक घरको पालीमा विगत २५ वर्षदेखि भिरकोटको छाङछाङदी मन्दिरमा बस्दै आएका एक साधु मृत अवस्थामा फेला परेका छन्।
सोमबार बिहान करिब ०७:३० बजेको समयमा स्थानीय कृष्ण प्रसाद ढकालको घरको टिनको पालीमा सुतिरहेको अवस्थामा साधु मृत भेटिएका हुन्।
मृत्यु हुनेमा भारतको तमिलनाडु प्रदेश, कोहमवोटुर जिल्ला, गुलुमलाइ घर भई विगत २५ वर्षदेखि स्याङ्जाकै भिरकोट नगरपालिका–४ स्थित प्रसिद्ध छाङछाङदी मन्दिरमा रहँदै आएका ५५ वर्षीय कुमार स्वामी (पातली) रहेका वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) प्रताप पौडेलले जानकारी दिनुभयाे ।
स्थानीय टिन बहादुर रानाले घटनाबारे जानकारी गराउनासाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) प्रताप पौडेलको कमाण्डमा SOCO (अपराध स्थल तस्विर तथा प्रमाण संकलन) टोलीसहित ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ पुगेर अनुसन्धान गरिरहेकाे छ ।
प्रारम्भिक सोधपुछका क्रममा मृतकले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


