स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)

स्याङ्जा :

स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १७ जना घाइते भएका छन्।

गल्याङबाट गल्याङ–९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो।

मृतकको विवरण:

१. निशा पचभैया (२५ वर्ष) – गल्याङ न.पा.–८, स्याङ्जा

२. यम बहादुर वि.क. (६० वर्ष) – गल्याङ न.पा.–९, स्याङ्जा

गम्भीर घाइते (पाल्पा मिसन अस्पताल रिफर गरिएको):

१. बसन्ती विश्वकर्मा (२७ वर्ष) – गल्याङ–९ (ढाडमा चोट, अवस्था गम्भीर)

२. देवी वि.क. (४८ वर्ष) – गल्याङ–९ (टाउकोमा चोट, अवस्था गम्भीर)

नगर अस्पताल गल्याङमा उपचाररत घाइतेहरू:

  • दिपक वि.क. (२९ वर्ष, चालक) – गल्याङ–९ (टाउकोमा चोट, अवस्था मध्यम)

  • बोमा खनाल (५६ वर्ष) – गल्याङ–९ (टाउको र देब्रे खुट्टामा चोट, अवस्था मध्यम)

  • सगुन वि.क. (१० वर्ष) – गल्याङ–९ (टाउको र दाहिने खुट्टामा चोट, अवस्था मध्यम)

  • टोल बहादुर वि.क. (६२ वर्ष) – गल्याङ–९ (दुवै खुट्टा र ढाडमा चोट, अवस्था मध्यम)

  • असिसा पचभैया (२१ वर्ष) – गल्याङ–९ (देब्रे हात र खुट्टामा चोट, अवस्था सामान्य)

  • मेगनाथ खनाल (६२ वर्ष) – गल्याङ–९ (दाहिने खुट्टामा चोट, अवस्था सामान्य)

  • राधामाया राना (५५ वर्ष) – गल्याङ–११ (टाउकोमा चोट, अवस्था मध्यम)

  • गंगा विश्वकर्मा (२२ वर्ष) – गल्याङ–९ (देब्रे खुट्टा र दाहिने हातमा चोट, अवस्था सामान्य)

  • दुर्गा वि.क. (५१ वर्ष) – गल्याङ–९ (छाती, टाउको र खुट्टामा चोट, अवस्था मध्यम)

  • यमकला खनाल (३२ वर्ष) – गल्याङ–९ (देब्रे खुट्टामा चोट, अवस्था मध्यम)

उपचारपछि डिस्चार्ज भएका घाइतेहरू:

  • स्नेहा परियार (१७ वर्ष) – गल्याङ–८

  • सुप्रिया थापा (१५ वर्ष) – गल्याङ–९

  • समिर वि.क. (१२ वर्ष) – गल्याङ–९

  • अरुणा गाहा (२५ वर्ष) – गल्याङ–९

  • पार्वती वि.क. (२५ वर्ष) – गल्याङ–९

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गल्याङ र वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक (DSP) प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP