विद्यार्थीलाई झोला
स्याङ्जा :
मुक्तिनाथ विकास बैँकले स्याङ्जाका विभिन्न विद्यालयमा अध्ययरत आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई लक्षित गरेर शैक्षिक सामग्री स्वरूप झोला सहयोग गरेको छ ।
बैँकले सामाजिक उत्तरदायित्व कार्याक्रम अन्तर्गत जेहेन्दार तथा गरिब परिवारका विद्यार्थीलाई प्राथमिकता दिएर बैँकले झोला वितरण गरेको हो । बैँकले पुतलीबजार नगरपालिका आसपास क्षेत्रका विद्यालयमा अध्ययरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।
बैँकले पुतलीबजार नगरपालिका–३ को पुन्यशिला आधारभूत विद्यालयमा अध्ययरत ८० जना विद्यार्थीलाई झोला वितरण गरेको हो । पुतलीबजार नगरपालिका–९ को कोल्मा वराहचौर माविका १५० जना विद्यार्थीलाई शैक्षिक सामग्री झोला प्रदान गरिएको छ ।
त्यस्तै, पुतलीबजार नगरपालिका–१२, पेल्काचौरस्थित मनकामना माध्यमिक विद्यालयका एक सय विद्यार्थीलाई शैक्षिक सामग्री झोला विरतण गरिएको जनाइएको छ ।
शैक्षिक सामग्री वितरण गर्दै मुक्तिनाथ विकास बैँकका संस्थापक तथा सञ्चालक भरतप्रसाद लम्सालले बैँकले निक्षेप सङ्कलन र ऋण प्रवाहसँगै सेवा क्षेत्रका लक्षित वर्गको क्षमता अभिवृद्धिमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताउनुभयो ।
उहाँले समाजमा विभिन्न कारणले पछाडि परेका वर्गलाई बैँकले समुचित रूपमा अवसर प्रदान गर्ने उद्देश्यले सहयोग दिँदै आएको बताउनुभयो । शैक्षिक सामग्री वितरणले विद्यार्थीमा हौसला बढाएको जिकिर गर्दै मनकामना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र शर्माले पेल्काचौर आसपास क्षेत्रका जनजातिसँगै दलित परिवारका विद्यार्थीलाई झोला वितरण ठुलो राहत प्रदान गरेको बताउनुभयो ।
उहाँले जेहेन्दार तथा गरिब परिवारका विद्यार्थी लक्षित कार्यक्रमलाई नियमित राख्न बैँकलाई आग्रह गर्नुभयो । मुक्तिनाथ विकास बैँकले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लामा नगद तथा जिन्सी सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
यहाँको ग्रामीण भेगका विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै पठनपाठनमा सहयोग गर्न विभिन्न विद्यालयलाई कम्प्युटर तथा फर्निचर प्रदान गरेको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


