छैटौँ राष्ट्रपति शिल्डको उपाधि त्रि–शहिदको पोल्टामा
स्याङ्जा :
आँधीखोला गाउँपालिकाले आयोजना गरको छैटौँ राष्ट्रपति रनिङ शिल्ड– २०८२ खेलकुद प्रतियोगिताको उपाधि त्रि–शहिद माविले जितेको छ ।
त्रि–शहिदले नौ स्वर्ण, छ रजत र ८ कास्य पदक जित्दै पहिलो बन्दै ६० हजार नगदसहित रनिङ शिल्ड, कप, मेडल र प्रमायाणपत्र हात पारेको हो ।
त्रि–शहिदले अहिलेसम्म खेलाइएका छ वटै प्रतियोगिता जित्दै दोस्रो पटक रनिङ शिल्ड कब्जा समेत गरेको हो ।
वडा नं –६ शिम्ले खेलमैदानमा गरिएको प्रतियोगितामा नौ स्वर्ण, एक रजत र पाँच कास्य जितेको पद्युम्न पनेरु द्वितीय र पाँच स्वर्ण, आठ रजत र तीन कास्य जितेको श्रवण मावि तृतीय बनेको हो । द्वितीयले ४० हजार र तृतीयले २० हजारसहित कप, मेडल र प्रमायापत्र हात पारेको हो ।
प्रतियोगितामा पालिका अध्यक्ष विश्वनाथ पौडेलले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
पुस २८ गतेबाट सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, त्रिपल जम्प, एथलेटिक्स लगायतका खेलहरु भएका थिए । १२ विद्यालयका नौ सय विद्यार्थी सहभागी प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्यमा प्रतिस्पर्धा गरिएको थियो ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


