सामाजिक संजालका कारण संचारक्षेत्र धरासायी : संविधानसभा सदस्य थापा

स्याङ्जा :
संविधानसभा सदस्य तथा निवर्तमान सांसद राजु थापाले सामाजिक संजालका कारण संचार माध्यमहरु धरासायी हुने अवस्थामा पुगेको बताउनु भएकाे छ । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय स्याङ्जाद्धारा संचालित सामुदायीक रेडियो स्याङजा एफ एम र स्याङजा टेलिभिजनको नवौं साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै संविधानसभा सदस्य थापाले सामाजिक संजालले गर्दा संचारमाध्यम धरासायी अवस्थामा पुगेको बताउनु भएकाे हाे । संचारक्षेत्रले पनि प्रविधिको विकास सगै आफुलाई परिमार्जन गर्न सकिएन भने संचारक्षेत्रको अस्थित्व समाप्त हुनेमा सचेत रहन थापाले आग्रह गर्नु भयाे । संचारमाध्यम नागरिकको आवाज भएकाले यसलाई बचाइराख्न तिनैतहका सरकारहरुले सक्रियता देखाउनुपर्ने थापाको भनाई थियो ।

संचारमाध्यमले भ्रमपूर्ण समाचारहरुलाई निरुत्सायीत गर्नुपर्ने बताउदै देशमा भएको परिवर्तनमा संचारमाध्यमहरुको पनि भुमिका महत्वपुर्ण रहेको बताउनु भयाे । नेपाली काँग्रेस स्याङ्जाका सभापति समेत रहेका निर्वतमान सांसद थापाले आवश्यकता अनुसार विकास निर्माणका कार्यहरु जिल्लामा भएको जिकिर गर्नु भयाे। विकासको लागि हातेमालो गर्नुको विकल्प नरहेको बताउदै थापाले सबै राजनीतिकदलहरु बिरोध गर्नुभन्दा जिल्लाको विकासमा एकजुट हुनुपर्ने बताउनु भयाे ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सिताकुमारी सुन्दास, नेपाली कांग्रेस स्याङजाका प्रवक्ता भरत प्रसाद लम्साल, नेकपा एमालेका उपाध्यक्ष महेश पुरी, नेपाली कम्युनिष्ट पार्टीका संयोजक शंकरध्वाज कार्की, राष्ट्रीय स्वतन्त्र पाटीका बेदप्रसाद दोरगां र पुतलीबजार नगरापालिकाकी निर्वतमान मेयर सिमा क्षेत्री, संस्थाका सल्लाहाकार अनन्तराज मरासिनी लगाएतले संस्था राम्रो बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा स्याङजा जिल्ला उद्योग वाणिज्य संघका महासचिव रविन्द्र केसी, स्याङजा चेम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, कलाकार तारा पौडेल, नागरीक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, समाजसेवी सिता गोदार र रेडियो श्रोताको तर्फबाट शान्ति राना लगाएतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष ध्रुबबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशन तथा साधारण सभामा वरिष्ठ उपाध्यक्षले स्वागत र धन्यबाद मन्तव्य उपाध्यक्ष इन्द्रणी अधिकारीले गरेका थिए भने कार्यक्रमको संचालन सचिव बलराम दोरगांले गरेका थिए ।

हाल लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय स्याङ्जामा ८ सय ६५ जना सदस्य आबद्ध रहेका छन् । कार्यक्रममा योगदान गर्ने, विज्ञापन दाता र कर्मचारीहरुलाई सम्मान गरिएको थियो । नयाँ नेतृत्वका लागि छलफल चलिरहेको रेडियोका प्रवन्धक एकबहादुर गोदार (रमेश) ले जानकारी दिनु भयाे ।

Facebook Comments Box
TOP