नि:शुल्क ज्योतिष शिविर सम्पन्न
सविन डोटेल :
विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशको आयोजना तथा श्री शनिदेव मन्दिर ज्योतिष विज्ञान अनुसन्धान केन्द्र कपिलवस्तुको संयोजनमा बुद्धभूमि नगरपालिका-१ विरपुर स्थित शनिदेव मन्दिरको प्राङ्गणमा माघ १७ गते नेपाल मै पहिलो पटक निशुल्क ज्योतिष,हस्तरेखा,वास्तु र तन्त्र सम्बन्धी शिविर सम्पन्न भएको छ |
शिविरमा विश्व ज्योतिष महासङ्घका लुम्बिनी प्रदेश सभापति ज्यो.जनार्दन न्यौपानेको नेतृत्वमा ज्योतिष मनोहर घिमिरे,हरि पाण्डे,वासुदेव मरासिनी,खेमराज भण्डारी,लक्ष्मीनारायण सुबेदी,शिवहरी मरासिनी,प्रकाश भट्टराई,हस्तरेखा एवं तन्त्रविद् खिम प्रसाद पोडेल,कुरेश पाण्डे लगायतले परामर्श दिनुभएको थियो|
माघ २१ गतेदेखि २९ गतेसम्म आयोजना गर्न लागिएको नव दिवसीय नवग्रह अनुष्ठान तथा धान्यान्चल श्रीमद भागवत ज्ञान महायज्ञको पूर्व सन्ध्यामा आयोजित शिविरमा सो धामका प्रमुख संरक्षक पीठाधीश बाबा योगीराज,धामका अध्यक्ष पशुपति अर्याल लगायतले यस प्रकारको कार्यक्रम अहिले सम्म नसुनेको नदेखेको तर आफ्नै क्षेत्रमा यस प्रकारको शिविर सञ्चालन गर्न पाउँदा अत्यन्त खुशी लागेको र यसले सबै क्षेत्र,वर्ग र समुदायलाई समेटेकोले सनातन धर्म रक्षा तथा संरक्षणमा ठूलो योगदान पुर्याउने बताउनु भयो
शिविरमा कपिलवस्तु र अर्घाखाँची जिल्लाबाट २०० सय भन्दा धेरै सेवाग्राहीले नि:शुल्क ज्योतिष शिविरबाट लाभ लिएको ज्योतिष महासङ्घका लुम्बिनी प्रदेश सभापति ज्यो.जनार्दन न्यौपानेले जानकारी दिनु भएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


