दुना टपरी व्यवसायमा जोडिँदै महिला
स्याङ्जा :
अर्जुन चौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ । यहाँको भगवतीमाई बहुउद्देश्यीय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगाएका पातबाट दुना टपरी बनाएर बिक्री वितरण गर्न थालेको हो ।
सहकारीका संरक्षक टुकराज अर्यालले पालिकाभित्रका बेरोजगार महिलालाई आय आर्जनमा जोड्न उद्देश्यले मेसिन ल्याएर दुना टपरी बनाउन थालेको बताउनुभयो ।
जङ्गलबाट ल्याइएका पातलाई जोडेर आकार दिने र मेसिनले च्यापेर दुना टपरी बनाइने छ । मेसिनले च्यापेर दुना टपरी बनाउने भए पनि पातलाई सिन्कोले जोड्ने र कत्रो आकारको बनाउने भन्ने महिलाहरूले गर्नु हुनेछ ।
पाँच वटा डाईमार्फत मेसिनले साना दुनादेखि ठुला टपरी बनाउने छ भने दुनाको प्रति गोटाको तीन रुपियाँ र टपरीको आठ रुपियाँ सम्म पर्ने छ । पात खोजेर ल्याएर मेसिनमा हाल्ने बनाएको कच्चा पदार्थको सानाको एक रुपियाँ र ठुलाको तीन रुपियाँसम्म महिलाहरूले पारिश्रमिक पाउने गर्छन् ।
आमा, दिदी–बहिनीले बनाएर ल्याएको पातको कच्चा पदार्थलाई मेसिनबाट दुना टपरी बनाउने काम भने सहकारीमा रहेका कर्मचारीले गर्नु हुनेछ । दुना सिधै दुई वटा पातबाट बन्ने र टपरीलाई सिन्कोले जोडेर बनाउने गरिएको छ ।
यस्तै, पहिलो चरणमा २० जना आमा, दिदी–बहिनी पातबाट कच्चा पदार्थ बनाएर आय आर्जनमा जोडिएका छन् । मुख्य गरेर विवाह, बर्तबन्ध र पूजा पाठमा प्रयोगमा आउने दुना टपरीलाई अब बाहिरबाट ल्यान नपर्ने पालिका बनाउने अर्यालले बताउनुभयो ।
दुई लाख ९४ हजार रुपियाँमा सहकारीले आफैँ मेसिन खरिद गरेर ल्याएर दुना टपरी बनाउन थालेको हो । मेसिनबाट एक दिनमा दुई हजार पाँच सय वटा टपरी र दुना बन्ने बताउँदै अर्यालले बाहिरबाट माग भए बिक्री समेत गर्ने बताउनुभयो । दुना टपरी बनाउने र बिक्री वितरण गर्ने कामको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले महिलालाई आय आर्जनमा जोड्न गरिने हरेक काममा पालिकाको सहयोग रहने बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


