पूर्वाधारको वित्तीय प्रगति ८० प्रतिशत : डेढ दर्जन सडक, आधा दर्जन पुल र झोलुङ्गे पुल निर्माण
प्रकाश डोटेल,
स्याङ्जा, १० साउन ।
पूर्वाधार विकास कार्यालय स्याङ्जाको वित्तीय प्रगति ८० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ को कुल बजेट एक अर्ब ३७ करोड ८२ लाख ९४ हजार मध्ये एक अर्ब ११ करोड ६ लाख ७७ हजार खर्च गर्दा ८० प्रतिशत वित्तीय प्रगति भएको हो ।
सडक निर्माण तर्फ विनियोजित एक अर्ब २६ करोड ५३ लाख ७७ हजारमा एक अर्ब एक करोड ९४ लाख खर्च गर्दा ८० प्रतिशत र पुल तर्फको कुल बजेट ९ करोड ९९ लाख १७ हजारमा ८ करोड ७४ लाख ५० हजार खर्च गर्दा साढे ८७ प्रतिशत वित्तीय प्रगति भएको कार्यालय प्रमुख ईन्जिनियर दयाराम अधिकारीले बताए ।
भवन तर्फको कुल बजेट ५५ लाखमा ३३ लाख ७७ हजार खर्च हुँदा वित्तीय प्रगति ६१ प्रतिशत भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अन्यमा ७५ लाख कुल बजेट मध्ये ४९ लाख ५० हजार खर्च गर्दा झण्डै ६६ प्रतिशत वित्तीय प्रगति देखिन्छ । समग्रमा गएको वर्ष कार्यालयको वित्तीय प्रगति ८० दशमलब ५८ प्रतिशत रहेको छ ।
पूर्वाधार कार्यालयले बहुवर्षिय सडकमा नागडाँडा–कार्किनेटा ९ दशमलब ५, हेल–अर्जुचौपारी ६ दशमलब २ र मिर्दि–क्याक्मी हुँदै तनहुँको भिमाद जोड्ने १० किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ । उक्त सडक ढलान सहित झण्डै ४० किलोमिटर कालोपत्रे गरिएको कार्यालयले जनाएको छ ।
पूर्वाधार कार्यालयले ‘एक निर्वाचन क्षेत्र, एक कृषि सडक’ अन्र्तगत ढडुवा–ठूलाडिही–मर्सगा, खड्केटारी–पञ्चासे, आमडाँली–थापाडाँडा–रसखोला हुँदै केवँरे र दिमिक फाँटदेखि–अर्सेदीफाँट जोड्न कुल बजेट ३ करोड एक लाख ७३ हजारमा २ करोड ८३ लाख ६१ हजार खर्च गरेर सडक निर्माण गरेको छ ।
प्रादेशिक ‘क’ वर्गको सडकमा कुल विनियोजित ४ करोड ९० लाख ५० हजार बजेट मध्ये वालिङ–हुवास, ज्यामिरे–कोल्मा हुँदै थुम्कीडाँडा र शालिग्राम करिडोर लोकमार्ग २ करोड ८८ लाख १५ हजार खर्च गरेर निर्माण कार्य थालनी गरेको कार्यालयका निमित्त प्रमुख ईन्जिनियर शिवजी प्रसाद ढुङ्गानाले बताए ।
“गएको आर्थिक वर्षमा स्थानीय पूर्वाधार विशेष कार्यक्रममा कुल २ करोड ९५ लाख बजेट थियो ।” निमित्त प्रमुख ढुङ्गानाले भने, “उक्त बजेटबाट मर्तमास–लोलुङ्ग मुलपानी सडक सम्पन्न भएको छ भने, थामडाँडा–गौखा हुँदै खाङराङ् भोर्ले र वयरघारी–बिरुवा खण्डमा २ करोड ७२ लाख ८६ हजारको लागतमा सडक निर्माणाधिन अवस्थामा रहेको छ ।”
कार्यालयले दिएको जानकारी अनुसार ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनामा १३ करोड ६२ लाख ४९ हजार बजेट रहेको थियो । उक्र बजेटबाट नागडाँडा–कार्कीनेटा र बायाँटारी–उदियाचौर सेतिबेणी सडक निर्माण सम्पन्न गरेको छ भने, दामाचौर–हिलामराङ्ग हुँदै घुर्पाल दग्दी सडक निर्माणाधिन रहेको छ । विनियोजित बजेटमा १३ करोड ४६ लाख ३७ हजार खर्च भएको छ ।
उता स्थानीय तहका केन्द्र जोड्ने सडकमा २१ करोड ४६ लाख ३ हजार मध्ये पुतलीबजार–बिरुवा खण्डको राङ्खोला–धोबादी सडक, स्याङ्जाको हरिनास–तनहुँको शुक्लागण्डकी–दुलेगौडा, विर्धा गहलाम–बनकसा र भीरकोट–अर्जुनचौपारी जोड्ने सडकमा २० करोड ५४ लाख ६४ हजार खर्च भएको छ ।
पूर्वाधार कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा ९ करोड ७१ लाख १७ हजार मध्ये ८ करोड ५० लाख ७८ हजारमा ६ वटा मोटरेबल पुल निर्माण थालनी गरेको छ भने, विनियजित २८ लाख मध्ये २३ लाख ७२ हजारमा कटुजे–बडाचौर फेदीखोला र केवँरेखोला–ढाँवा अर्जुनचौपारीमा २ झोलुङ्गे पुल निर्माण गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


