विरुवामा उपाध्यक्ष महिला विकास कार्यक्रम अन्तर्गत ढाका बुनाइ तालिम
स्याङ्जा : स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उपाध्यक्ष महिला विकास कार्यक्रम अन्तर्गत ढाका बुनाई तालिम सम्पन्न गरेको छ।
२०८० चैत २५ गतेदेखि २०८१ असार ५ गतेसम्म सम्म सञ्चालन भएको उक्त तालिममा १६ जना महिला सहभागी थिए। महिला उद्यमशीलता, व्यवशायीकरण साथै महिला सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा सहित उक्त तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
आगामी आर्थिक वर्षमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने जानकारी सहित समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष भगवती शर्माले महिला लक्षित कार्यक्रमहरु सञ्चालन गरी महिलाहरुको सीप अभिवृद्धि, क्षमता विकास र व्यवशायीकरणमा अगाडी बढाउँदै महिलाहरुलाई आत्मनिर्भर बन्न उत्प्रेरित गर्ने प्रयास गरिने बताइन्।
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


