तनहुँको दमौली बजारमा आगलागी ।
पोखरा:
तनहुँको दमौली बजारमा आगलागी हुँदा २० सटर जलेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराती ब्यास नगरपालिका वडा नं ३ स्थित तरकारी लाइनमा रहेका पसलहरुमा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दिपककुमार रायका अनुसार राति सवा १ बजे सूरु भएको आगलागी बिहान ३ बजे मात्रै निभाइएको थियो। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू खटिएका थिए।
तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकल परिचालन गरिएको थियो।
आगलागीबाट तरकारी लाइनमा रहेका १२ घरमा रहेका २० वटा पसल नष्ट भएका छन्।तीमध्ये अधिकांश मोबाइल पसल, पुस्तक पसल र तरकारी पसल रहेको रायले जानकारी दिए।
विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी रायले जानकारी दिए।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


