त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु ।

काठमाण्डौ:
काठमाण्डौबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक बालका, २ पुरूष र २ महिला छन्। मृतकहरू गोरखा नगरपालिका-७ का रहको बताइएको छ। मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।

सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसी भण्डारीले जानकारी दिए। पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ।

 

 

Facebook Comments Box
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि

काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…

TOP