शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति।
काठमाण्डौ:
आफूलाई कथित अभियन्ता बताउँदै अरुका व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।
शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो ।
घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । पक्राउ परेपछि आफूले कुटपिट नगरेको दाबी वाइबाले गरेकी छन् ।
यद्यपि, उनीविरुद्ध अन्य केही व्यक्तिले पनि मौखिक रुपमा थप उजुरी दिएको एक अधिकृतले बताए । जाहेरी परे उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा पनि अनुसन्धान हुनसक्ने ती अधिकृतले बताए ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


