त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र वितरण अनलाइन प्रणाली मार्फत गर्ने घोषणा ।
काठमाण्डौ:
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीले दिएको अनलाइन आवेदनका आधारमा शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेको छ ।
मंगलबार परीक्षा नियन्त्रक पुष्पराज जोशीले सूचना प्रकाशित गर्दै माघ १५ गते अनलाइनबाट शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेका हुन् । परीक्षा नियन्त्रण कार्यालयको सेवा छिटो, छरितो बनाउन दुई सातादेखि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी यूनियनले दबाबमूलक कार्यक्रम गर्दै आएको छ । स्ववियूले सहमति, सम्झौताभन्दा पनि माग पूरा भएको ग्यारेन्टी भएमात्र धर्नालगायत विरोध र आन्दोलनको कार्यक्रम फिर्ता लिने जनाएको छ ।
मंगलबार बसेको केन्द्रीय परीक्षा सञ्चालक समिति बैठकले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट समेत दिइने सुविधा अनलाइन माध्यमबाट हुने निर्णय गरेको थियो । ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपी र त्रुटि सच्याउने कामसमेत अनलाइन आवेदन दिएर गर्न सकिने परीक्षा नियन्त्रकले प्रतिबद्धता जनाएका छन् । शुल्कसमेत अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने सूचनामा उल्लेख छ । अनलाइन प्रणालीसम्बन्धी विस्तृत विवरण माघ १० गते सार्वजनिक गरिने समेत कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयमा शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि दिनभर लाइन बस्नुपर्ने, बैंकमा शुल्क बुझाउन पनि त्यस्तै लाइन खेप्नु पर्ने, शैक्षिक प्रमाणपत्रहरु प्राप्त गर्न हप्तौं कुर्नपर्ने, आवेदन दिन देशभरका विद्यार्थी केन्द्रीय र शैक्षिक कार्यालय नै धाउनु पर्ने लगायतका समस्या कायमै छन् । स्ववियूले विद्यार्थीलाई सुविधा हुने गरी कार्यालयले सेवा प्रवाह गर्नुपर्ने माग राखेको सचिव सिद्धान्त भट्टले जनाए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


