प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेशको दोस्रो अधिवेसन
वालिङ :
प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेशको दोस्रो अधिवेसन तथा विचार गोष्ठी शनिबार वालिङ पतञ्जली योगभवन परिसरमा सम्पन्न भएको छ । लोकतन्त्रको सवलीकरण र सुदृढिकरणमा नागरिकको भुमिका विषयक विचार गोष्ठी सम्पन्न भएको हो । धु्रवप्रसाद शर्मापंगेनी र नरबहादुर पौडेल, श्रीकृष्ण सिग्देल सदस्य रहेको निर्वाचन समितिले दोस्रो अधिवेसनबाट प्रदेश उपाध्यक्षमा कास्कीका कृष्णप्रसाद तिमिल्सिना, सचिवमा कास्कीकै डा. नवराज न्यौपाने, सहसचिवमा तनहुँका कृष्णहरि गैह्रे, कोषाध्यक्षमा स्याङ्जाका शान्ता थापा रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा तनहुँका प्रदिप घिमिरे, तनहुँकै भरत काफ्ले र बाग्लुङका डा. इश्वर कंडेल रहनुभएको छ । केन्द्रिय उपाध्यक्ष नै स्वतः प्रदेश अध्यक्ष हुने प्रावधान भएकाले जिवलाल काफ्ले प्रदेश अध्यक्षमा यसअघि नै निर्वाचित हुनुभएको थियो । शनिबारको अधिवेसनले अन्य पदाधिकारी र सदस्य निर्वाचित गरेको हो ।
कार्यक्रममा नेपाली कांगे्रसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले लोकतान्त्रिक पार्टी नेपाली कांगे्रसले आफ्नो सिद्धान्त अनुसार अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । पार्टीले नेतामुखी भन्दा कार्यकर्तामुखी काम गर्नुपर्ने भन्दै नेपाली कांगे्रस दुखी गरिबको पार्टी बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा लोकतान्त्रिक समाजका केन्द्रिय अध्यक्ष कुलचन्द्र वाग्ले, समाजका निर्वतमान अध्यक्ष डा. केदारनरसिंह केसी, प्रदेश सांसदद्धोय भोजराज अर्याल र कल्पना तिवारी, समाजका केन्द्रिय महासचिव बासुदेव भण्डारी, नेपाली कांगे्रस स्याङ्जाका क्षेत्रिय सभापति दिलिपप्रताप खांण, समाजका कास्कीका अध्यक्ष बिरबहादुर कार्कीलगायतले बोल्नुभएका थियो ।
समाजका प्रदेश अध्यक्ष जिवलाल काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत समाज स्याङ्जाका युक्तबहादुर बागेटी र संचालन समाजका सचिव सिता गौडेलले गर्नुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


