अर्जुनचौपारी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना
स्याङ्जा :
अर्जुनचौपारी गाउँपलिकाले आफनै पालिका भवनमा आखाँ उपचार केन्द स्थापना गरेको छ । नेत्रज्योती संघ, हिमालय आखाँ अस्पताल र गाउँपालिकाको सयुक्त सहकार्यमा आखाँ उपचार केन्द्र स्थापना गरिएको हो ।
आइ केयर फाउण्डेसनले १० लाख बराबरको उपकरण प्रदान गरेसगै उपचार केन्द्र स्थापनाको सुरुवात गरिएकोे हो । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले आर्थिक अवस्था कमजोर हुदाँ उपचारमा समस्या नहोस भन्ने हेतुले सेवा केन्द्रको पालिका भवनमै शुभारम्भ गरेको बताउनुभयो । उहाँले पालिका खुल्दाको दिनमा आखाँ प्राबिधिकबाट दैनिक उपचार गर्न पाउने बताउदै कुनै खर्च नलाग्ने बताउनुभयो । उपचारमा गर्ने नसक्ने पालिकाबासीलाई अप्रेसन सम्मको सेवा नि शुल्कदिने उहाँको भनाई थियो ।
हिमालय आखा ँअस्पतालका निर्देशक डा इलिया श्रेष्ठले पालिकाको पहलमा यहाँ आखाँ उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो । उपचार केन्द्रबाट आखाँका ८० प्रतिशत बिरामीको उपचार हुने बताउनुभयो । उपचार केन्द्रमा प्राबिधिकको ब्यवस्था आखाँ अस्पतालले गरेको छ भने सेवा सेवा सुबिधा पालिकाले ब्यवस्था गर्ने जनाइएका छ ।

समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


