सार्वजनिक माविको वार्षिकोत्सव,सक्षम नागरिकले मात्रै देशको संमृद्धि सम्भव:नगर प्रमुख भट्टराई
गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले सक्षम नागरिकले मात्रै देशको संमृद्धि सम्भव रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो,“शैक्षिक क्षेत्रको विकासले मात्रै सक्षम नागरिक उत्पादन हुन सक्छ ।”
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.१ मालुङ्गा स्थित सार्वजनिक माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख भट्टराईले शिक्षाको अवस्था माथि समग्र देशको भविष्य रहेको बताउनु भयो ।
गल्याङ नगरपालिकाले शिक्षाका क्षेत्रमा प्राथमिकता राखेर अगाडि बढेको प्रमुख भट्टराईको भनाई छ । भौतिक विकास निर्माण भन्दा पनि सकरात्मक सोच भएको सक्षम नागरिक उत्पादन गर्नु धेरै गुणा उपलब्धी हुने बताउदै प्रमुख भट्टराईले विद्यालय स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुहुने प्रति पनि आभार व्यक्त गर्नु भएको थियो ।
शिक्षाको चेतनाले मात्रै व्यक्ति र समाजमा परिर्वतन हुने प्रमुख भट्टराईको भनाई छ ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.१ का वडाअध्यक्ष मणि प्रसाद वस्याल, नेपाली काँग्रेस गल्याङ नगर कार्य समिति वडा नं.१ का उपसभापति दुर्गा प्रसाद भण्डारी, नेकपा एमालेका पार्टी प्रतिनिधि शंकर बस्याल, विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्द बस्याल,मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसका पूर्व स्ववीयू सभापति खगेन्द्र भण्डारी, पूर्व विदार्थी समाजका सदस्य ऋषिश्वर न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चुरामणि पाण्डेयले शैक्षिक तथा भौतिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । भने विद्यालयका लेखा शिक्षक भिम कुमारी घिमिरेले ५ करोड ९४ लाख बरावरको आयव्याय प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षक सम्मान तथा विभिन्न विधामा प्रथम,दोस्रो तेस्रो र सान्त्वना हुने विद्यार्थीहरुलाईं पुरस्कार वितरण गरिएको थियो भने शैक्षिक सामग्री प्रदर्शन तथा सास्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोतम बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रअ शालिकराम खनालले र कार्यक्रमको सञ्चालन शिक्षक द्वय सोमनाथ न्यौपाने र दयाराम बस्यालले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


