सिद्धार्थ राजमार्गमा सिसी क्यामरा
स्याङ्जा :
फेदीखोला गाउँपालिकाले प्रदेश सरकारको साझेदारीमा सिद्धार्थ राजमार्गको कुभिण्डेदेखि भालुपहाड खण्डमा सिसी क्यामरा जडान गरेको छ।
प्रदेश सरकारको साझेदारी कोष अन्तर्गत फेदीखोला गाउँपालिकाले पेस गरेको प्रविधिमैत्री सेवा प्रवाह तथा डिजिटलाइज फेदीखोला प्रस्ताव स्वीकृत भएसँगै सोलारसहितको सिसी क्यामरा जडान भएको हो। प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत लगानीमा सिद्धार्थ राजमार्गको फेदीखोला खण्डमा पर्ने १३ किमीमा २२ वटा सिसी क्यामरा जडान गरिएको हो।
कुभिण्डे, भालुपहाड र प्रहरी चौकी फेदीखोलामा जडान भएका सिसी क्यामराले सवारीसाधनको नम्बर प्लेट स्क्यान गरी पहिचान गर्ने छन्। तीन वटा सिसी क्यामरा ‘मोनिटर रुम’ मा बसेर जुम तथा रोटेड गर्न मिल्ने र १६ वटा कलर भ्यु क्यामरा जडान गरिएको हो।
पालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकाभित्र शान्तिसुरक्षा तथा अपराध घटाउने उद्देश्यले सडकमा सोलार बत्तीसहितको सिसी क्यामरा जडान गरेको बताउनुभयो। सिसी क्यामराको मोनिटर प्रहरी चौकी फेदीखोलाको नेतृत्वमा रहेको र रेखदेख चौकीले नै गर्ने उहाँको भनाइ छ।
रातको समयमा दुर्घटना र अपराध बढी हुने भएकाले बत्तीसहितको सिसी क्यामरा प्रभावकारी हुने उहाँ बताउनुहुन्छ। सुवेदीले जोखिम रहेको भालुपहाड र पालिकाभित्रका घटना जानकारी पाउन सहज भएको बताउनुभयो। पालिका इन्जिनियर तारानाथ पौडेलले गत माघ २४ गते आरम्भ इनर्जी एन्ड इलेक्ट्रोनिक्स सातदोबाटो ललितपुरले एक करोड ४० लाख ३७ हजार ९६० रुपियाँमा काम सकेको बताउनुभयो।
कार्यक्रम अन्तर्गत गाउँपालिकाका पाँच वटा वडा, छ वटा स्वास्थ्य चौकी, आठ वटा सामुदायिक माध्यमिक विद्यालयमा ४४ किलोमिटर अप्टिकल फाइबर विस्तार गरी लोकल नेटवर्क विस्तार गरिएको पौडेलले बताउनुभयो। लोकल नेटवर्कको सर्भर पालिकामा रहेको र वडामा हुने चुहावटको निगरानी पालिकाबाटै भएको छ। pic-web
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


