स्याङ्जामा १९६२ ले ग्रेडबृद्धिका लागि परिक्षा दिदै
स्याङ्जा :
शुक्रवारदेखि संचालन हुने माध्यमिक शिक्षा परिक्षा पुरक (ग्रेडबृद्धि) मा स्याङ्जामा १ हजार ९६२ सहभागी हुने भएका छन ्। शुक्रवार र शनिवार हुने परिक्षाका लागि स्याङ्जा सदरमुकाम स्थित पुतलीबजार र वालिङ् नगरपालिकामा परिक्षा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय अधिकारी विश्वराज आचार्यले जानकारी दिए । यसबर्ष आँखा पाक्ने रोगको संक्रमण दिनप्रतिदिन बढ्ने क्रम जारी छ भने, अर्कोतर्फ, टाढा टाढाबाट परिक्षा दिन आउने परिक्षार्थीलाई सदरमुकामसम्म आउन कठिनाई देखिएकाले दुई पालिकामा केन्द्र तोकेको अधिकारी आचार्यले बताए ।
यसअघिका परिक्षा भने सदरमुकाम स्थित पुतलीबजारमा मात्र हुनेगर्दथ्यो । यसपटक माथिल्ला भेगका पालिकाहरु फेदिखोला, आँधीखोला, पुतलीबजार, भीरकोट, अर्जुनचौपारी, विरुवा, हरिनासका बिद्यार्थी पुतलीबजारमा परिक्षा केन्द्र तोकिएको छ । यसैगरी, तल्ला भेगका वालिङ, गल्याङ, चापाकोट र कालीगण्डकीका बिद्यार्थीलाई वालिङ्मा परिक्षा केन्द्र तोकिएका हुन् ।
पुतलीबजारमा त्रिभुवन आदर्श मा.वि र स्याङ्जा आ.माध्यमिक बिद्यालयमा परिक्षा केन्द्र छ । वालिङ् स्थित पायनियर्श आ.मा.वि र पूर्णामृत भवानी मा.वि.मा परिक्षा केन्द्र छ । शुक्रवार हुने परिक्षामा एक हजार १७४ र शनिवार हुनेमा ७ सय ८८ परिक्षार्थी सहभागी हुने भएका छन ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


