आचार्य बालकृष्णको जन्मोत्सव तथा जडीबुटी दिवसको अवसरमा रक्तदान कार्यक्रम

पतञ्जली योग समिति वालिङको आयोजनामा रक्तदान कार्यक्रम

वालिङ :
पतञ्जली योग समिति वालिङको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समितिको आयोजनामा ऋषिकल्प, विश्वविख्यात आयुर्वेद शिरोमणि आचार्य बालकृष्णको ५१औँ जन्मोत्सव तथा जडीबुटी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्दघाटन गर्दै नगरप्रमुख कृष्ण खांणले आचार्य बालकृष्णले आयुर्वेद तथा योग क्षेत्रमा गर्नुभएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

आयुर्वेद र योगाभ्यासले व्यक्तिको जिवनलाई सहज र उर्जामय बनाउने भन्दै हाम्रा वरपर धेरै जडिबुटिहरु खेर गईरहेको भन्दै जडीबुटीको सहि पहिचान गर्नका लागी नगरपालिकाले विषेश कार्यक्रम गरी अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख घनश्याम पौडेल, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा, नापी कार्यालयका प्रमुख गगन ढकाल, पतञ्जली योग समिति केन्द्रिय सदस्य मैयादेवि पौडेललगायतले बोल्नुभएको थियो ।

कार्यक्रम पतञ्जली योग समिति स्याङ्जाका अध्यक्ष नारायणप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत महिला प्रभारी कविता भुषाल र संचानल सचिव गिरमान गुरुङले गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २२ जना महिलार ५० जना पुरष गरी ७२ जनाले रक्तदान गरेका छन् । संकलित ७२ युनिट रगत रक्तसंचार केन्द्र स्याङ्जामा राखिएको छ ।

पतञ्जली योग समिति वालिङको आयोजनामा रक्तदान कार्यक्रम
पतञ्जली योग समिति वालिङको आयोजनामा रक्तदान कार्यक्रम

पतञ्जली योग समिति वालिङको आयोजनामा रक्तदान कार्यक्रम

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP