गभर्नरको राजीनामा माग्दै प्रदर्शन ।

ycl birodh

काठमाण्डौ:

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र वाइसिएलले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतिघरमा माओवादीनिकट भ्रातृ संगठनले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘बार्दलीको हनुमान गभर्नर’, ‘गोबर नर’, ‘एम कि गभर्नर ’ ‘गभर्नर या एमालेको सदस्य’ लगायतका प्लेकार्ड बोकेका थिए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसँगै गभर्नर अधिकारीको आलोचना भइरहेको छ । अखिल (क्रान्तिकारी) र वाइसिएलले गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग समेत गरेका छन्

Facebook Comments Box
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि

काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…

TOP