मंगलबारदेखि मनुसन थप सक्रिय हुने, पहाडी भू-भागमा गेग्रान बहावको जोखिम हुने ।
काठमाण्डौ:
मंगलबारदेखि मनुसनको प्रभाव नेपालका विभिन्न ठाउँहरूमा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन निकाल्दै बिहीबारसम्म मनुसन थप सक्रिय हुने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार असार १२ गते सुदूरपश्चिम प्रदेशमा मनसुनी प्रणाली पुगिसकेको छ । योसँगै देशभरी मनुसनी वायुको प्रभाव थप सक्रिय भएको महाशाखाले जानकारी दिएको छ । मंगलबारदेखि बिहीबारसम्म मनुसनको न्यूनचापीय रेखा नेपालको तराई भू-भागको नजिक आइपुग्ने सम्भावना रहेकाले थप सक्रिय हुने बताइएको छ ।
धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षासँगै प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागका र मधेश प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै मंगलबारदेखि बिहीबारसम्म कर्णाली प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षारझरी भई एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले औंल्याएकव छ ।
विभागले मध्यम तथा भारी वर्षाका कारण देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको जनाएको हो । ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने विभागले प्रक्षेपण गर्दै सबैलाई आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु अनुरोध समेत गरेको छ । गत जेठ २२ गते प्रदेश नम्बर १ हुँदै मनसुन भित्रिएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


