अर्जुनचौपारी गाउँपालिकामा कांग्रेसका तिवारी विजयी
स्याङ्जा — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी विजयी हुनु भएको छ । तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतले पछि पार्दै जित हात पार्नु भएको हो ।
तिवारीले ५ हजार २ सय ९१ मत ल्याउँदा गुरुङले ३ हजार ३ सय ४७ मत ल्याउनु भएको छ । गुरुङ अघिल्लो निर्वाचनमा उपप्रमुख पदमा निर्वाचित हुनु भएको थियो ।
यस्तै, १ हजार ६० मतको अन्तरालमा उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका टंकप्रसाद खनाललाई पछाडि पार्दै विजेता बन्नु भएको थियो गुरुङले ४ हजार ८ सय २७ मत ल्याउँदा खनालले ३ हजार ७ सय ६७ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी अर्जुनचौपारीका वडामा पनि कांग्रेसकै बहुमत रहेको छ । अर्जुनचौपारी १ मा कांग्रेसका रणबहादुर थापा, २ मा कांग्रेसका धनबहादुर गुरुङ, ३ मा कांग्रेसका शोभाकान्त काफ्ले, ४ मा कांग्रेसका भुवनसिंह गुरुङ, ५ मा कांग्रेसकै बद्रीप्रसाद पौडेल र ६ मा एमालेका नारायणप्रसाद ढकाल निर्वाचित भएको निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


