महिलाहरुका लागि गुडिया बनाउने तालिम सम्पन्न ।
वालिङ :
वालिङका महिलाहरुका लागि गुडिया बनाउने तालिम प्रदान गरिएको छ । घरमा नै फालिएका कपडाहरुको प्रयोग गरी महिलाहरुका लागि गुडिया बनाउने तालिम प्रदान गरिएको हो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोग र वालिङ प्रोडक्ट होल्डिङ द्धारा संचालित हरित पुनः उत्थान परियोजनाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकमा आएका महिलाहरुलाई उत्पादनमा जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको परियोजना प्रमुख बिशाल बगालेले जानकारी दिनुभयो ।

तालिममा ५० जना महिलाहरुकाे सहभागिता रहेको थियो । तालिम समापनका अवसरमा बोल्दै सहभागी महिला चन्द्रकला बगाले र मञ्चला पंगेनीले तालिम निक्कै उपलव्धी मुलक भएको बताए । उनीहरुको भनाई छ ‘अव घरमा फालिएका कपडाको प्रयोग गरी सजावटका सामाग्री बनाउन सकिने भयो ।’
तालिम समापनका अवसरमा दियालो संस्थाका अध्यक्ष कबिता तिवारी,वालिङ प्रोडक्ट होल्डिङका अध्यक्ष याम बहादुर गुरुङ, सचिव भूपराज बगाले,लेखा संयोजक नेत्र पराजुली लगायतले बोलेका थिए ।
५ दिन सम्म चलेको तालिममा दुर्गा न्यौपाने र मनु थापाले प्रशिक्षण दिनु भएको ईबिक अधिकृत शुष्मा वोस्ती डुम्रेले जानकारी दिनुभयो ।
सो अवसरमा उत्कृष्ट सहभागि चिनु रानालाई पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रमको संचालन मैना रेग्मीले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


